News मुख्य समाचार

नारायणगढ-मुग्लिन सडक १२ घण्टापछि खुल्यो, सवारी चापले जाम खुलाउन समस्या

नारायणगढ-मुग्लिन सडक १२ घण्टापछि खुल्यो, सवारी चापले जाम खुलाउन समस्या

चितवन ।  पहिरो खसेर अाज बिहान ४ बजेदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड १२ घन्टापछि सञ्चालनमा अाएकाे छ । चितवनको इच्छाकामना गाउँपालिका ५ टोपेखोलामा खसेको पहिरो बिहान ६ बजेदेखि स्काभेटरले पन्छाएर अपराह्न ४ बजे बाटो खुलेकाे हो। 


अवरुद्ध सडक सञ्चालनमा अाए पनि सवारीसाधनको अत्यधिक चापका कारण जाम खुल्न समय लाग्ने देखिएको छ । काठमाडौंतिरबाट सवारीसाधनको १० किलोमिटरभन्दा बढी लाम लागेको छ भने नारायणगढतर्फ करिब ८ किलोमिटर जाम रहेको ट्राफिक प्रहरीले जनाएका छन् ।

 

यस्तै, पोखरातिरबाट आउने गाडीको करिब ४ किलोमिटर लाइन छ। सवारी जामका कारण आफूहरुले १२ घन्टाभन्दा बढी समयदेखि सास्ती खेपिरहे पनि स्थानीय प्रशासनले कुनै वास्ता नगरेको यात्रुहरुले गुनासो गरेका छन्। 

जाम नारायणगढ-मुग्लिन सडक

विशेष