News राजनीति

नेविसंघले माग्याे शिक्षामन्त्रीको राजीनामा, एसईईकाे नतिजामा चरम लापरबाही गरकाे अाराेप

नेविसंघले माग्याे शिक्षामन्त्रीको राजीनामा, एसईईकाे नतिजामा चरम लापरबाही गरकाे अाराेप

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलको राजीनामा माग गरेको छ । नेविसंघले मंगलबार विज्ञप्ति जारी गर्दै एसईई परीक्षाको नतिजा प्रकाशनमा शिक्षा मन्त्री उदासिन बनेकाे भन्दै राजीनामा माग गरेको हो ।

 

नतिजा प्रकाशनमा भएको अनियमितताको छानविनका लागि स्वतन्त्र छानविन आयोग गठन गरेर एसईई बोर्ड अध्यक्ष लगायतका पदाधिकारीमाथि कारबाही गर्नुपर्ने नेविसंका केन्द्रीय सभापति नैनसिंह महरले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

 

‘‘पछिल्लो पटक एसईई परीक्षाको नतिजा प्रकाशनमा सरकारले चरम लापरबाही मात्र होइन कि विद्यार्थीमाथि जघन्य अपराध गरेको छ । ४७ सयभन्दा बढी विद्यार्थीको एसईई नतिजा प्रकाशनमा बिहान कम र बेलुका बढी प्राप्ताङ्क देखिनुले वर्तमान कम्युनिष्ट सरकार शैक्षिक माफियाको आर्थिक चलखेलको प्रभावमा परेको सहजै अनुमान लगाउन सकिन्छ,’’ विज्ञप्तीमा उल्लेख छ ।

 

सरकारको गैरजिम्मेवार कार्यले परीक्षामा सहभागी ४ लाख ८५ हजार ५८६ जना विद्यार्थी, उनीहरूका अभिभावक, शिक्षक र विद्यालय सञ्चालकहरूको मनोविज्ञानमा नराम्रो असर परेको नेविसंघको दाबी छ ।

नेविसंघ एसईईकाे नतिजा गिरीराजमणि पोखरेल

विशेष