News मुख्य समाचार

प्रधानमन्त्री ओलीले छुट्याए नेकपाका सांसद र कार्यकर्ता भेट्ने समय

प्रधानमन्त्री ओलीले छुट्याए नेकपाका सांसद र कार्यकर्ता भेट्ने समय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदहरूसँग हरेक शुक्रबार भेटघाट गर्ने भएका छन्। 


 
नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री अाेलीले नियमित रुपमा शुक्रबार अपराह्न ३ बजेदेखि ५ बजेसम्म उनीसँग सिंहदरबारमा प्रदेशगत रुपमा भेटघाट हुने व्यवस्था मिलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

 

प्रधानमन्त्री ओलीसँग साप्ताहिक रुपमा क्रमश: साप्ताहिक रुपमा सातवटै प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरूको भेट हुने नियमित कार्यक्रम तय गरिएको हाे। यस्तै उनले नियमित रुपमा हरेक महिनाको १ र १५ गते नेकपाका कार्यकर्ताहरूलाई पनि भेटघाट गर्ने भएका छन् ।

 

ओलीले हरेक महिनाको पहिलो दिन बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म नेकपाको धुम्बाराहीस्थित कार्यालयमा र १५ गते पेरिसडाँडास्थित कार्यालयमा पार्टी कार्यकर्तालाई भेट्नेछन्।

केपी शर्मा ओली प्रधानमन्त्री सांसद कार्यकर्ता भेटघाट

विशेष