६ सय ८४ वटा चरासहित भारतीय युवक पक्राउ
काठमाडौं । अवैध रुपमा चराको ओसारपसार र बिक्रिमा संलग्न एक भारतीय नागरिक पक्राउ परेका छन्। महानगरीय प्रहरी प्रभाग बलम्बुले मंगलबार सतुंगलमा चेकिङको क्रममा ना. ७ ख २०८२ नम्बरको यात्रुबाहक बसबाट भारतको सितामडी घर भएका महमद ताफिकलाई पक्राउ गरेको हो।
उनीबाट ६ सय ८४ वटा चरा बरामद भएको छ । २ सय वटा बज्जी चरा, २० वटा जिने पिक, १२ वटा लभर्ब, ५० वटा फिन्च चरा, १२ वटा ककटेल चरा, ३२ वटा प्यारोटा, ५० वटा स्टोबेरी फिन्च, ५ वटा क्वायल र तीन सय वटा स्पइसी फिन्च बरामद गरिएको प्रहरीले जनाएको छ।
लाइसेन्स लिएर मात्र चराको बिक्रि तथा ओसारपसार गर्न पाइन्छ। तर, कुनै अनुमती नलिइ उनले ठूलो संख्यामा चरा नेपाल ल्याएका थिए।