News समाज प्रदेश ३

लाइसेन्सधारी अपराधीको हतियार प्रहरी नियन्त्रणमा 

लाइसेन्सधारी अपराधीको हतियार प्रहरी नियन्त्रणमा 

काठमाडौं । लाइसेन्स प्राप्त हतियारको आडमा अपराधीक क्रियाकलाप गर्दै आएका एक पेशेवर अपराधीको हतियार प्रहरीले खोसेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले हेटौंडा घर भइ हाल ललितपुर–१३, भनिमण्डल बस्दै आएका महेशबहादुर सिंहको साथमा रहेका एउटा १२ बोरको दुई वटा सटगन, ४ वटा २२ बोरको राइफल, र ती हतियारमा लाग्ने १ सय ३६ राउण्ड गोली बरामद गरेको हो ।

 

उनी अपहरण तथा शरिर बन्धक, वन्यजन्तुको अवैध चोरी निकासी लगायतका घटनामा मुछिएका व्यक्ति हुन् ।महाशाखाका प्रमुख धिरजप्रताप सिंहका अनुसार हातहतियार खरखजाना ऐन, २०१९ बमोजिमको सर्तमा इजाजत लिए पनि नियम उल्लंघन गरेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौं र ललितपुरबाट इजाजत रद्द गरेर हतियार बरामद गरिएको हो । बरामद गरिएको हतियार सरकारी कोषमा दालिखा गरिएको महाशाखाले जनाएको छ ।

हतियार

विशेष