News मुख्य समाचार

मन्त्री विष्टकाे उद्घोषः अाउँदाे वर्ष १ लाखलाई राेजगारी, पाँच वर्षपछि बाध्यताले विदेश जान पर्दैन

मन्त्री विष्टकाे उद्घोषः  अाउँदाे वर्ष १ लाखलाई राेजगारी, पाँच वर्षपछि बाध्यताले विदेश जान पर्दैन

काठमाडाैं । स‌ंसदमा मन्त्रालयको बजेट विनियोजनमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा भएका ठगी र विकृति नियन्त्रण गर्न प्रणाली प्रभावकारी हुने बताएका छन् ।

 

प्रतिनिधिसभाको बुधबारकाे बैठकमा मन्त्री विष्टले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न अाउँदाे २० दिनभित्र सबै कूटनीतिक नियोग, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार कार्यालय, सम्बन्धित कम्पनी र सीपमूलक संस्थामा अनलाइन प्रणाली लागू गरिने बताए ।

 

उस्तै वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दाे र मर्यादित बनाउन आवश्यक कानूनी सुधारको प्रक्रिया अन्तिम चरणमा पुर्‍याइएको उनले जानकारी दिए । 'आगामी वर्षमा कम्तीमा न्यूनतम एक लाख व्यक्तिलाई स्वदेशमै रोजगारी दिइने छ । ५ वर्षमा बाध्यकारीरुपमा रोजगारीका लागि विदेश जान नपर्ने गरी आन्तरिक रोजगारीका अवसर पर्याप्त सिर्जना गर्ने वातावरण बनाउछाैँ,' मन्त्री विष्टले भने ।  

 


मन्त्री विष्टले भने, 'सातवटै प्रदेशमा श्रम स्वीकृति दिइने र स्वीकृतिबिना घरेलु कामदारमा पनि नजाने नीति ल्याइएको छ । आउँदो साउनदेखि श्रमिकको न्यूनतम तलब पनि लागू गरिन्छ ।' उनले विदेशमा काम गर्न बाध्य ११ हजार ९३ ले युवाले दिएका उजुरीमध्ये सात हजार ७ सय ४८ उजुरी फर्स्याैट गरिएको पनि जनाकारी दिए । 

 

मन्त्री विष्टले विदेशका जेलमा र अस्पतालमा उपचार गराइरहेका नेपाली कामदारलाई स्वदेश फर्काउनेबारे काम भइरहेको पनि बताए। उनले भने, 'वैदेशिक रोजगारीका क्षेत्रमा हुने कुनै पनि ठगी र एकाधिकार रोक्न सरकार कडा कदम चाल्न पछि पर्ने छैन, युवाको रगत र पसिनामा लुट र ठगीको धन्दालाई जस्तोसुकै अवस्थामा पनि छाडिनेछैन ।'


 

गोकर्ण विष्ट राेजगारी विदेश

विशेष