News राजनीति

लोकतन्त्रका लागि प्रधानमन्त्री अाेलीविरुद्ध अन्तिम लडाई लड्ने तरुण दलकाे चेतावनी

लोकतन्त्रका लागि प्रधानमन्त्री अाेलीविरुद्ध अन्तिम लडाई लड्ने तरुण दलकाे चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले सरकारविरुद्ध विरोध सभा गरेको छ । उपत्यका र आसपासका जिल्लाका तरुण कार्यकर्ताले बुधबार दिउँसो काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा विरोध सभा गरेका हुन् । 


पेट्रोलिम पदार्थमा मूल्यवृद्धि, महँगी, प्रेसमाथिको हस्तक्षेप, अदालतको अपमान र भ्रष्टाचारको विरोधमा उपत्यका र आसपासका जिल्लाका तरुण कार्यकर्ताको उपस्थितिमा विरोध सभा आयोजना गरिएको महासचिव भुपेन्द्रजंग शाहीले नेपालअाजलार्इ जानकारी दिए । 


 
तरुण दलको विरोध सभामा बोल्ने वक्ताहरुले सरकारले दुई तिहाईको आडमा ज्यादति गरे तरुण दल शशक्त भएर आन्दोलनमा उत्रिने चेतावनी दिए । विरोध सभालाई सम्बोधन गर्दै तरुण दलका सभापति जीतजंग बस्नेतले देश बनाउने नाममा ओली नेतृत्वको सरकारले जनताले दिएको म्याण्डेडको अपमान गर्दै जनविरोधी कामहरु गरेकाे अाराेप लगाए । 

 

‘‘सरकार संविधान विरोधी काम गर्न थालेकाले तरुण दल सडकमा आएको हो,’’ सभापति बस्नेतले भने, ‘‘जनताका अधिकार खोसिन नदिन तरुण दल आफ्नो जिम्मेवारीबाट कदापी पछि हट्दैन ।’’ उनले निरंकुश राणा शासन, पञ्चायती व्यवस्था र राजसंस्था हटाउन नेपाली कांग्रेसले खेलेको भूमिका स्मरण गर्दै अव पूर्णलोकतन्त्रका लागि अन्तिम लडाई लड्न तरुण दल तयार रहेको बताए । 


यस्तै उपाधयक्ष उत्तमकुमार चापागाईंले प्रधानमन्त्री ओलीले दुई तिहाईको बलमा जनविरोधी काम गर्दै गए तरुण दल सिंहदरवारबाट तानेर टुँडिखेलमा ल्याउन लागि पर्ने चेतावनी दिए । 

 
तरुण दल केन्द्रीय कार्यसमितिको आयोजनामा सम्पन्न विरोध सभामा काठमाडौं, ललितपुर, भक्तपुरसँगै रामेछाप, सिन्धुपाल्चोक, रसुवा, सोलुखुम्बुका तरुण दलका जिल्ला कार्यसमितिहरुको उपस्थिति रहेको थियो । 

तरुण दल प्रधानमन्त्री अाेली लोकतन्त्रका

विशेष