विदेश मुख्य समाचार

मेक्सिकोको एउटा सहरका पुरै प्रहरी डिपार्टमेन्टलाई गिरफ्तार !

मेक्सिकोको एउटा सहरका पुरै प्रहरी डिपार्टमेन्टलाई गिरफ्तार !

बीबीसी । मेक्सिकोको एक सहर ओकाम्पोमा पूरै प्रहरी डिपार्टमेन्टलाई एक जना मेयर पदका उमेदवारको हत्यामा संलग्न रहेको आशंकामा पक्राउ गरिएको छ । ६४ वर्षिय फर्नाण्डो एञ्जेल्स जुआरेजको एक अज्ञात बन्दुकधारीले मंगलवार उनकै घर बाहिर गोली हत्या गरेको थियो । 

 

आगामी जुलाई १ मा मेक्सिकोमा आम चुनाव हुन गइरहेको छ । यसअघि नै मेक्सिकोमा एक सयभन्दा बढी नेताहरुको हत्या भइसकेको छ । मिचोअकान राज्यमा एक साताको अवधिमा हत्या गरिएका एञ्जेल्स तेस्रो नेता हुन् । 

 

उनको हत्यापछि संघीय प्रहरीले आइतबार सहरका २७ प्रहरी अधिकारी र सार्वजनिक सुरक्षा स्थानीय सचिवलाई पक्राउ गरेको छ । एक सफल व्यवसायी समेत रहेका एञ्जेल्स राजनीतिप्रति झुकाव राख्दै आएका थिए । पहिले स्वतन्त्र उमेदवारका रुपमा चुनावी मैदानमा उत्रिने सोच बनाएका एञ्जेल्सले केही समय अघि मात्रै मेक्सिकोको ठूलो राजनीतिक दल डेमोक्रेट रेभोल्यूशनमा प्रवेश गरेका थिए । 


एञ्जेल्सका नजिकका मित्र मिग्योल मालागोने ईआई यूनिभर्सल अखवारसँग भनेका छन्, ‘‘उनी गरिबी, असमानता र भ्रष्टाचार हेर्न सक्दैन थिए, यसेले उनले चुनाव लड्ने निर्णय गरेका थिए ।’’

 

एञ्जेल्सको हत्या आरोप ओकाम्पोका सुरक्षा सचिव ओस्कर गोन्जालेज गार्सियामाथि लागेको छ । शनिबार मेक्सिकोको संघीय प्रहरी उनलाईं गिरफ्तार गर्न जाँदा स्थानीय प्रहरी अधिकारीले रोकेका थिए । त्यस पछि आइतबार दलबलका साथ पुगेको संघीय प्रहरीले पूरै स्थानीय प्रहरीको डिपार्टमेन्टलाई नै  गिरफ्तार गरेको छ । 

 

हतकडी लगाएर राजधानी पुर्याइएका स्थानीय प्रहरीमाथि संघीय प्रहरीले राज्यका संगठित आपराधिक समूहसँग सम्बन्ध बनाएको आरोप लगाएको छ । 

मेक्सिको पक्राउ बीबीसी

विशेष