News मुख्य समाचार

एसइई नतिजामा लापरबाही गर्नेलाई तत्काल निलम्बन गर्न नेविसंघको माग

एसइई नतिजामा लापरबाही गर्नेलाई तत्काल निलम्बन गर्न नेविसंघको माग


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले माध्यामिक शिक्षा परिक्षा (एसइई) को नतिजामा लापरबाही गर्नेहरुलाई तत्काल निलम्बन गर्न माग गरेको छ।

 

नेविस‌ंले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग भेटगरी एसइई परीक्षाको नतिजामा लापरबाही गर्ने राष्ट्रिय परिक्षा बोर्डका पदाधिकारी तथा कर्मचारीलाई निलम्बनसहितको कडा कारबाही गर्न माग गरेको हो।

 

गत शनिबार सार्वजनिक भएकाे एसइईको नतिजा त्रुटिपूर्ण रहेको भन्दै बोर्ड आफैले सच्याएपछि त्यसको विरोध भइरहेको छ। संघले गल्ती गरेको स्विकार गरिसक्दा पनि बोर्डमाथि कडा कारबाही गर्न चासो नदिएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलप्रति आक्रोश पनि व्यक्त गरेको छ।

 

यता, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले एसइईको नतिजामा त्रुटि भएको भन्ने विषयलाई गम्भीरतापूर्वक छानबिन गरी आवश्यक कारबाही गर्ने आश्वासन दिए। सरकारले सो सम्बन्धमा यथार्थ पत्ता लगाउन छानबिन समिति नै गठन गरेको छ।

 

एसइई नतिजा निलम्बन नेविस‌ं

विशेष