News स्वास्थ्य राजनीति

गगन थापाद्वारा चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक तत्काल ल्याउन ध्यानाकर्षण प्रस्ताव दर्ता

गगन थापाद्वारा चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक तत्काल ल्याउन ध्यानाकर्षण प्रस्ताव दर्ता


काठमाडौं । नेपाली कांग्रेसका सांसदले चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गर्न ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका छन् । कांग्रेस सांसदहरु गगन थापा, देवप्रकाश तिमिल्सिना र दिव्यमणि राजभण्डारीले बुधबार ध्यानाकर्षण पत्र संघीय संसद सचिवालयमा दर्ता गराएका हुन् ।

 

दोस्रोपटक जारी भएको चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक असार २४ गतेभित्र संसदबाट पारित भइसक्नुपर्ने भए पनि सरकारले बेवास्ता गरेको भन्दै ध्यानकार्षण पत्र दर्ता गरिएको हो । पहिलोपटक कात्तिक २४ गते जारी भएको अध्यादेश संघीय संसद गठन भए पनि चैत २० गते संसदमा पेश गरिएको थियो ।

 

६० दिनभित्र प्रतिस्थापन विधेयक नल्याउँदा सरकारले फेरि वैशाख १३ गते जारी भएको अध्यादेशको प्रतिस्थापन विधेयक असार २४ गतेभित्र संसदबाट पारित भइसक्नुपर्छ ।

 

उनीहरुले दर्ता गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ, पहिलो पटक सरकारले प्रतिस्थापन विधेयक ल्याउन नसके पश्चात दोस्रो पटक अध्यादेश जारी भएको ६० दिन पुग्न अब केही दिन मात्र बाँकी रहेकाले यस सन्दर्भमा सरकारको तयारी के कस्तो छ ? किन प्रतिस्थापन विधेयक ल्याउन सकिरहेको छैन ?’ सांसदहरुले विगतमा भएका सम्झौता उल्लंघन हुने तर्फ पनि आशंका व्यक्त गरेका छन् ।

 

‘ यदि तयारी भइरहेको छ भने प्रतिस्थापन विधेयकको तयारी गर्दै गर्दा विगतका समझदारी, सरकारका प्रतिवद्धता र अध्यादेशको भावना र मर्म अनुरुप भइरहेको छ वा छैन ? यस सम्बन्धमा स्पष्टीकरणसहित सदनलाई जानकारी गराउनहुन अनुरोध छ, संसद सचिवालयमा दर्ता गरिएको ध्यानाकर्षणपत्रमा भनिएको छ ।

गगन थापा प्रतिस्थापन विधेयक तत्काल चिकित्सा शिक्षा अध्यादेश ध्यानाकर्षण प्रस्ताव

विशेष