राष्ट्रपतिसँग राष्ट्रसंघका उपमहासचिवको शिष्टाचार भेट
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेको संयुक्त राष्ट्रसंघका उपमहासचिव जाँ पिएरे लाक्रोयको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा आज भएको भेटमा संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति स्थापना कार्यमा नेपालले निर्वाह गरिरहेको भूमिकाका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
भेटका अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको समेत उपस्थिति रहेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारी भेटवार्ता जाँ पिएरे लाक्रोय