विदेश मनोरञ्जन

१० वर्ष जेठी प्रेमिका प्रियंकालाई भेट्न अमेरिकी नायक निक भारतमा

१० वर्ष जेठी प्रेमिका प्रियंकालाई भेट्न अमेरिकी नायक निक भारतमा

हाल हलिउडमा जमिरहेकी बलिउड अभिनेत्री प्रियंका चोपडा आफूभन्दा १० वर्ष कान्छो अमेरिकी गायक तथा नायक निक जोनसँगको सम्बन्धका कारण अहिले चर्चामा छिन्।


लस एन्जलसका केही स्थानमा सँगै देखिएको चर्चा सेलाउन नपाउँदै निक जोनस अचानक भारत आएर प्रियंकाकी आमासँग भेटघाट गरेको चर्चा चुलिएको छ।

 

भारतीय सञ्चारमाध्यमका अनुसार निक गोप्य बिदा मनाउन प्रियंकाको परिवारका साथमा गोवा आएका छन्। उनीहरू मुम्बई एयरपोर्टमा सँगै देखिएका प्रियंका र निकको तस्बिर यतिबेला सामाजिक सञ्जालमा छाएकाे छ।

 

एयरपोर्टमा प्रियंकाकी बहिनी परिणिती चोपडा र भाइ सिद्धार्थ पनि सँगै देखिएका थिए। निक जोनस र प्रियंकाकी आमा मधु चोपडा हालै बान्द्राको चर्चित रेन्टुरेन्टमा सँगै देखिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

 

यसअघि हलिउडको एक अवार्ड समारोहमा पनि प्रियंका र निक सँगै देखिएका थिए। गायक निक जोनस २५ वर्षका मात्र छन् भने प्रियंका अहिले ३५ वर्ष पुगी सकिन्।

 

निकले यसअघि पनि हाइप्रोफ़ाइलका सेलिब्रेटीसँग रोमान्स गरिसकेका छन्। अमेरिकन मोडल तथा मिस युनिभर्स २०१२ ओलिभिया कुल्पोसँग डेट गरेका उनको यो सम्बन्ध २०१५ मा ब्रेकअप भएको थियो।

 

त्यस्तै निकले अमेरिकी अभिनेत्री केट हडसन, अमेरिकन अभिनेत्री एन्जेला सराफेयन र भिक्टोरिया मोडल जर्जिया फोवलरसँग पनि रोमान्स गरिसकेका छन्।

प्रियंका चोपडा भारतीय सञ्चारमाध्यम

विशेष