News अपराध सुरक्षा

वन्यजन्तु चोरी सिकार गरेको आरोपमा दुई पक्राउ

वन्यजन्तु चोरी सिकार गरेको आरोपमा  दुई पक्राउ

काठमाडाैं । खप्तड क्षेत्रमा वन्यजन्तुको चोरी सिकार गरेको आरोपमाौ डाेटीमा प्रहरीले दुई जनालाई पक्राउ गरेका छन् ।

 

खप्तड राष्ट्रिय निकुञ्जका कर्मचारी तथा नेपाली सेनाको गस्ती टोलीले अनुसन्धानको क्रममा सिकारमा संलग्न दुई जनालाई पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा डोटीको सायल गाउँपालिका ३ भल्मा बस्ने वर्ष ४८ को डम्मर भुल तथा त्यहीँका  ५२ वर्षीय लालबहादुर बोगटी रहेका छन् ।

 

गस्ती टोली भल्मा क्षेत्रमा जाँदा डम्मर भुलको गोठमा लुकाई छिपाई राखेको  रतुवाको छाला, मासु, ढेडु बाँदरको टाउको, छाला अनि भालुका नंग्रा जस्तो देखिने वस्तुहरू फेला पारेको खप्तड राष्ट्रिय निकुञ्जका वन्यजन्तु संरक्षण अधिकृत प्रकाश शाहले जानकारी दिए । 

 

पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय डोटीमा राखिएको छ ।

वन्यजन्तु चोरी सिकार

विशेष