News समाज

६ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडकखण्ड

६ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडकखण्ड

चितवन  । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चार किलो भन्ने स्थानमा आज बिहान ठुलो पहिरो खसेपछि अवरुद्ध बनेको सडक ६ घण्टापछि संचालनमा आएको छ ।

 

बिहान ६ः३० बजे पहिरो खसेपछि अवरुद्ध बनेको सडक बिहान ११ः५० बजेको समयबाट संचालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनले जनाएको छ ।

 

पहिरोका कारण सयौं सवारी साधन बाटोमा रोकिएका थिए । जसका कारण प्रहरीले लेन अनुशासनको पालना गरी धैर्यतापुर्वक यात्रा गर्न सबैमा अनुरोध गरेको छ ।

 

हिजो पनि बिहानैदेखि पहिरो खस्दा अवरुद्ध बनेको सडक अपरान्ह ४ बजेबाट मात्र संचालनमा आएको थियो । 

नारायणगढ–मुग्लिन सडकखण्ड चितवन

विशेष