शिक्षाका साढे ३ सय उपसचिव अब स्थानीय तहमा

काठमाडौं । शिक्षा मन्त्रालयमा कामबिहीन भएर बसिरहेका साढे ३ सय कर्मचारीलाई अब विभिन्न स्थानीय तहमा पठाइने भएको छ । संघीय मामिला मन्त्रालयमा कर्मचारीको अभाव रहेको र शिक्षा मन्त्रालयमा कर्मचारी कामबिहीन भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले यस विषयमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग छलफल भइसकेको जानकारी दिए । जिल्ला शिक्षा कार्यालयको संरचना हट्ने भएपछि शिक्षाका कर्मचारी बेरोजगार भएका छन् ।
प्रतिनिधिसभाको बुधवारको बैठकमा निनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेक्रममा मन्त्री पण्डितले बढी भएको ठाउँबाट कर्मचारी लिएर स्थानीय तहमा पठाउन केन्द्रित रहेको बताएका हुन् । कर्मचारी समायोजन ऐन कार्यान्वयनमा आइसके पनि स्थानीय तह र नगरपालिकामा कर्मचारी छैनन् । यता शिक्षा क्षेत्रका कर्मचारी हाजिरी गरर बसिरहेका छन् ।
उपसचिव तहमा