सिन्डिकेट अन्त्यः कार्यान्वयन शून्य
काठमाडौं । सरकारले लोकप्रियता हासिल गर्नमात्र यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यको घोषणा गरेको देखिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले गत वैशाख २४ गते यातायात क्षेत्रबाट सिन्डिकेट अन्त्यको घोषणा गरेका थिए । तर सरकारले घोषणा कार्यान्वयनमा चासो दिएको छैन ।
सिन्डिकेट अन्त्य भएको घोषणा गरिएको दुई महिना पुग्दा पनि सर्वसाधारणले सार्वजनिक यातायातमात्यसको महशुस गर्न पाएका छैनन् । सरकारी घोषणा कार्यान्वयन नभएपछि सिन्डिकेट ब्युँतिने त होइन भन्ने आशंका जनमानसमा उब्जिएको छ । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ सरकारले प्रचारबाजीका लागि मात्र सिन्डिकेट अन्त्य भएको घोषणा गरेको बताउँछन् ।
नागरिक दैनिकबाट