News मुख्य समाचार देश

केही दिनभित्रै देशभर पानी पर्ने

केही दिनभित्रै देशभर पानी पर्ने

काठमाडौं । असार महिनामा पानी पर्न नसकेर गर्मी खपेर बसेका नेपालीका लागि नयाँ खबर प्रवाह भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन देशैभरि फैलिएको जनाएको छ । 

 

महाशाखाले बिहीबार एक विज्ञप्ति जारी गर्दै मनसुनको प्रभावले तीन दिनसम्म देशका धेरै स्थानहरूमा सामान्यदेखि मध्यम खालको वर्षाको सम्भावना रहेको जनाएको हो । यस पटक मनसुन त्यति सक्रिय नभएपनि पश्चिमी वायु प्रणाली सक्रिय रहेकाले किसानहरूले सुखा भने सहनु परेको छैन अर्थात् धान रोपाइँका लागि प्रारम्भिक कामहरू सम्पन्न भइसकेका छन् ।  

 

मौसमविद् सुवास रिमालका अनुसार देशका पूर्वी र मध्य भागका केही स्थानमा सक्रिय भएको मनसुन पूर्वबाट पश्चिमतर्फ फैलिएको छ । उनले केही दिनभित्रै क्रमिक रूपमा मनसुनी वर्षाको प्रभाव देखिने र बिहीबार पनि देशका अधिकांश भागमा बदली र केही स्थानमा वर्षा भएको छ । बिहीबार साँझ र राती काठमाडौं उपत्यकासहित देशका केही स्थानमा वर्षा हुने मौसमविद् रिमाले बताए । 

 


मौसम पूर्वानुमान महाशाखाले यस वर्ष जेठ २५ (जुन ८) देखि पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश भएको जानकारी दिएको थियो । मनसुन आएको धेरै दिन बितिसक्दा पनि पानी पर्न नसक्दा उपत्यकालगायत देशभर तापक्रम बढेको छ । 

 

महाशाखाका अनुसार बिहीबार सबैभन्दा बढी डँडेल्धुरामा १८, दाङमा १२, विराटनगरमा ११ मिलिमिटर वर्षा भएको छ । काठमाडौं बिहीबार नगण्य वर्षा  भएको छ । काठमाडौंको बिहीबार अपराह्नसम्म अधिकतम तापक्रम ३० र न्यूनतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ । 
 

मनसुन मौसम पूर्वानुमान महाशाखा देशभर पानी पर्ने

विशेष