कांग्रेस सांसदकाे अाक्राेशः अाेली सरकार संघियता समाप्त पार्ने खेलमा लाग्याे
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जरुरी सार्वजनिक महत्वको प्रस्ताव संघीयता विरोधी भएको भन्दै फिर्ता लिन सत्तापक्षको ध्यानाकर्षण गराएको छ ।प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सासंद खगराज अधिकारीले पेश गरेका जरुरी सार्वजानिक महत्वको प्रस्ताव संविधान र संघियता विरोधी भएको भन्दै कांग्रेसले फिर्ता लिन आग्रह गरेको हो ।
कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रदेश सरकार र स्थानीय सरकारलाई बलियो पार्ने भन्दा पनि केन्द्रीय सरकारलाई झनै बलियो र केन्द्रिकृत गर्ने काममा सरकार लागेको आरोप लगाए । प्रस्ताव संविधानको मर्म विपरीत भएको भन्दै उनले जरुरी सार्वजानिक प्रस्ताव र सरकारको नीति तथा कार्यक्रमबीच अन्तरविराेध देखिएकाे बताए । संघीयतालार्इ समाप्त पार्ने खेल भएकाे अाराे लगाए ।
सांसद गगन थापाले ‘प्रदेशको सरकार चाँहिदैन, स्थानीय निकायले काम गर्न सक्दैन’ भन्ने दृष्टिकोणबाट संघीयता विरोधी प्रस्ताव आएको टिप्पणी गरे । उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, सिङ्गो सरकार र पार्टी संघीयता चल्दैन, चल्न सक्दैन, प्रदेश र स्थानीय निकाय काम लाग्दैन भनेर उभिदै गर्दा संसदलाई साक्षी राख्न खोजिएको हो भने क्षमा गर्नुहोला । यो संसद संघीयता र संविधान विरोधी र्कीतेको साक्षी बस्न सक्दैन । यसको प्रतिरोध हुन्छ संघियताको रक्षा, संविधानको रक्षा गर्न यो संसद प्रतिबद्ध छ ।’
उनले प्रतिपक्षी दलले संघीयताको रक्षा गर्ने उद्घोष पनि गरे । सांसद मिन विश्वकर्माले संघीय स्वरुपमा सरकारले बजेट ल्याउन नसक्ने अनि संविधानलाई नै चुनौती दिने गरी संघीयता ठिक छैन भनेर अभिव्यक्ति आउनु गलत भएको टिप्पणी गरे ।
यस्तै सांसदहरु दिलेन्द्र प्रसाद बडु, अतहर कमाल मुसलमानलगायतका सांसदहरुले जरुरी सार्वजनिक महत्वको प्रस्ताव संघीयता विरोधी भएको भन्दै सत्तापक्षको कडा आलोचना गरेका थिए ।
नेपाली काँग्रेस गगन थापा बालकृष्ण खाँड अाेली सरकार संघीयता मिन विश्वकर्मा