अाेली सरकार असफल भए कम्युनिष्ट आन्दोलन नै असफल हुन्छः नेता श्रेष्ठ

अाेली सरकार असफल भए कम्युनिष्ट आन्दोलन नै असफल हुन्छः नेता श्रेष्ठ

काठमाडौं । नेकपाका नेता नारायणकाजी श्रेष्ठले केपी ओली नेतृत्वको वर्तमान सरकार असफल भए नेपालमा कम्युनिष्ट आन्दोलन असफल हुने बताएका छन् । मदन भण्डारी फाउण्डेसनले बिहीवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता श्रेष्ठले ओली सरकारलाई हरहालतमा सफल बनाउनु पर्ने बताएका हुन् । 

 

‘सरकारलाई असफल हुन दिने र कमजोर बनाउने छूट छैन । वर्तमान सरकार असफल भए प्रधानमन्त्री या मन्त्री असफल हुँदैन, समाजले धक्का खान्छ, कम्युनिष्ट आन्दोलन असफल हुन्छ’ श्रेष्ठले भने, ‘ओली सरकार असफल हुने एउटै कारण भनेको भ्रष्टाचार हो । भ्रष्टाचारको जालो नतोडि समृद्धि आउँदैन ।’

नारायणकाजी श्रेष्ठ अाेली सरकार

संम्बधित खबर

विशेष