News राजनीति

सरकारमाथि पार्टीको नियन्त्रण हुनु गलतः गच्छदार

सरकारमाथि पार्टीको नियन्त्रण हुनु गलतः गच्छदार

विराटनगर । नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकार र प्रशासनमाथि पार्टीको नियन्त्रण हुनु गलत भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका स्वतन्त्र ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिए । 

 

नेता गच्छदारले सबै राजनीतिक दल र जनताको सहयोगमा २ सय ४० वर्ष लामो राजतन्त्र समाप्त गरी संघीय गणतन्त्र ल्याएको र यही सर्वमान्य व्यवस्था भएको बताए । नेता गच्छदारले हालै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला भएका द्विपक्षीय सहमति कार्यान्वयन भएमा त्यो राष्ट्रको हितमा हुने बताए । 

 

उनले वर्तमान सरकारले जनताको सुविधाका लागि यातायातमा कायम सिण्डिकेट हटाएकामा प्रशंसा गर्दै यस्ता अरू जनहितका कार्य सरकारबाट हुनुपर्ने बताए । निर्माण व्यवसायीहरूले गलत कार्य गरेको भए भौतिक निर्माण मन्त्रालयले कारबाही गरी ठेक्का रद्द गर्नुपर्ने उनको भनाइ थियो । 

 

एक फरक प्रसंगमा उनले आगामी भदौ मसान्तसम्ममा कांग्रेस केन्द्रीय कार्यसमितिले विधान संशोधन गरी लोकतान्त्रिक फोरमसँग भएको सहमति कार्यान्वयनमा लाने विश्वास व्यक्त गरे ।

विजयकुमार गच्छदार

विशेष