News मुख्य समाचार

सबै समुदायकाे परिचालन बिना समृद्धिकाे सपना देख्नु फगतः पूर्वप्रधानमन्त्री भट्टराई

सबै समुदायकाे परिचालन बिना समृद्धिकाे सपना देख्नु फगतः पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मुलुकको समृद्धिका लागि सबै समूदायलाई परिचालन गर्न सरकारलाई सुझाव दिएका छन् । नयाँ शक्ति पार्टी नेपालका संयोजक समेत रहनुभएका भट्टराईले सबै समुदायको संयुक्त पहलमा मात्रै मुलुकलाई शान्त र समृद्धि बनाउन सकिने बताएका हुन् । 

 

बिहिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले समृद्धिका लागि उत्पादनमा जोड दिनुपर्ने पनि बताए । भट्टराईले नेपाल आर्थिक विकासमा केन्द्रित भएको उल्लेख गर्दै त्यसका लागि उत्पादन वृद्धि र सेवा क्षेत्रहरूको विस्तारमा लाग्नुपर्ने खाँचो पनि औल्याए ।

 

उननले नेपालले पूर्वाधार विकास, उर्जा क्षेत्रको विकास र कृषिमा आधुनिकीकरण गरेर समृद्धि हासिल गर्न सक्ने तर्क पनि गरे । विकास र समृद्धिका लागि सामाजिक न्याय पहिलो सर्त भएको भट्टराईको भनाइ छ ।

समृद्धि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई समुदायकाे परिचालन

विशेष