News अर्थ

५ वर्षभित्र कृषि उत्पादन दोब्बर बनाउने राष्ट्रिय लक्ष्य

५ वर्षभित्र कृषि उत्पादन दोब्बर बनाउने राष्ट्रिय लक्ष्य

काठमाडौं । सरकारले ५ वर्षभित्र कृषि उत्पादन दोब्बर बनाउने राष्ट्रिय लक्ष्यलाई सफल बनाउने संकल्पका साथ काम गरिरहेको दावी गरेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा.युवकध्वज जिसीले आगामी ५ वर्षभित्र कृषि उत्पादन दोब्बर वृद्धि गर्ने राष्ट्रिय लक्ष्यअनुसार सरकारले काम गरिरहेको दाबी गरेका हुन् ।

 

उनले २ वर्षभित्र धानमा मुलुकलाई आत्मनिर्भर बनाउने चुनौतिको सामना गर्न पनि सरकार केन्द्रीत भएर लागि परेको स्पष्ट पारे ।  १५ औं राष्ट्रिय धान दिवसको अवसर पारेर शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उले धानको उत्पादनमा बृद्धि गर्न सरकारले आवश्यक उन्नत बीउबीजन र सिञ्चाईको उचित व्यवस्था गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । 

 

सरकारले यसवर्ष कृषि उत्पादनमा केन्द्रीत हुन आह्वान गर्दै राष्ट्रिय धान दिवस भव्यताका साथ मनाएको छ । कृषि सचिव जिसीले उन्नत बीउबीजन र सिंचाईको अभावमा नेपालमा लक्ष्य अनुसार धान बाली उत्पादन गर्न  नसकिएको पनि स्विकार गरे ।

 

उनले धान बाली उत्पादनमा बृद्धि गर्न सरकारले अनुसन्धानको दायरालाई पनि फराकिलो बनाउँदै लैजाने योजना बनाएको पनि स्पष्ट पारे  । खेती योग्य जमिनमा अपेक्षित उत्पादन नभएपछि सरकारले सिंचाईको व्यवस्थापनमा उचित ध्याने योजना अघि सारेको कृषि सचिव जिसीको भनाई छ ।

 

कृषि उत्पादन राष्ट्रिय लक्ष्य

विशेष