News अपराध सुरक्षा

बिरामी बालिकालाई जबर्जस्ती गरेकाे अाराेपमा अहेव पक्राउ

बिरामी बालिकालाई जबर्जस्ती गरेकाे अाराेपमा अहेव पक्राउ

रुकुम(पश्चिम) । बालिका जबर्जस्ती गर्न खोज्ने जिल्ला अस्पताल रुकुम(पश्चिम)मा कार्यरत अहेव चन्द्रकुमार मल्ललाई प्रहरीले पक्राउ गरेको छ । मुसीकोट नगरपालिकाकी १४ वर्षीया एक बालिकालाई जबर्जस्ती गर्न खोजेको आरोपमा अहेव मल्ललाई प्रहरीले पक्राउ गरेको हो ।

 

अस्पतालमा उपचारका लागि आएकी बालिकालाई मल्लले बुधबार राति ११ बजेतिर जबर्जस्ती करणीको प्रयास गरेको प्रहरीले जनाएको छ ।  शौचालय जाँदै गरेकी बालिकालाई नजिकै रहेको प्रतिक्षालयमा बोलाएर मल्लले जबर्जस्ती करणीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालयमा दिइएको जाहेरीमा उल्लेख छ ।

 

मल्लबाट फुत्किन सफल बालिकाले आफ्नो परिवारका सदस्यलाई आफूलाई जबर्जस्ती गरिएको बताएपछि बिहीबार जाहेरी दर्ता भएको र लगत्तै मल्ललाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

 

मल्लमाथि जबर्जस्ती करणी उद्योगमा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।  शुक्रबार जिल्ला अदालतमा मुद्दा दर्ता गरी म्याद थप गरेर अनुसन्धान सुरु गरिएको खड्काले जानकारी दिए । आठबीसकोट नगरपालिका –१४, घेत्मा घर भएका मल्ल विगत तीन वर्षदेखि जिल्ला अस्पतालमा करारमा कार्यरत थिए ।   

जबर्जस्ती करणी अहेव चन्द्रकुमार मल्ल बालि

विशेष