News मुख्य समाचार

प्रतिनिधिसभाबाट दुई विधेयक बहुमतले पारित

प्रतिनिधिसभाबाट दुई विधेयक बहुमतले पारित

काठमाडौं । प्रतिनिधिको आजको दोस्रो बैठकले ‘राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक, २०७५ लाई बहुमतले पारित गरेको छ ।  गृहमन्त्री रामबहादुर थापाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रस्तुत गरेकाे सो विधेयक पारित भएको हो । 

 

यस्तै मन्त्री तामाङले प्रस्तुत गरेको ‘संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी विधेयक, २०७५’ लाई पनि बहुमतले पारित गरेको छ । 

 

सो विधेकयमाथि सांसद प्रेम सुवाल, हृदयेश त्रिपाठी, सञ्जय गौतमले आ–आफ्नो धारणा राखेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही असार १७ गते बिहान ११.०० बजे बस्नेछ । 

संसद विधेयक पारित

विशेष