News मुख्य समाचार

गोरु जोतेपछि डा. बाबुरामकाे अनुभवः समृद्ध नेपाल सम्धीको गफ मात्रै !

गोरु जोतेपछि डा. बाबुरामकाे अनुभवः समृद्ध नेपाल सम्धीको गफ मात्रै !

काठमाडौं ।   पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयाेजक डा.बाबुराम भट्टरार्इ कृषी क्षेत्रको रूपान्तपण विना समृद्ध नेपाल फगत गफ मात्र हुने दाबी गरेका छन् ।


सामाजिक सञ्जालमा ट्वीट गर्दै डा. भट्टराइले रोपाइँमा सक्रिय सहभागी बनेर किसानको परिश्रमको प्रत्यक्ष अनुभुति ग्रहण गरेको जनाए । डा. भट्टराई असार १५ को अवसर पारेर गृहजिल्ला गोरखाको दरौदी फाँट जरेवरमा रोपाइँमा सहभागी भएका हुन् । 

 

रोपाइँ कार्यक्रममा भट्टराइले हलो जोत्ने, बाउसे गर्ने र विउ काड्ने लगायतका काम गरे । एक दुई क्लिक फोटो खिचाउनका लागि अन्य नेताहरु पाइन्ट माथि सारेर हिलोमा केही सेकेन्ड बसेका भएपनि बाबुराम टिसर्ट र हाफ पाइन्टमा रोपाइँमा सहभागी भए ।

 

रोपाइँ कार्यक्रममा सहभागी भएपछि उनले ट्वीटरमा लेखेका छन् – ‘१५ असार अर्थात् धान दिवस अर्थात् माना छरेर मुरी भित्र्याउने दिन! गोरखाको दरौंदी फाँट जरेवरमा रोपाइँमा सक्रिय सहभागी बनेर किसानहरूको परिश्रमको प्रत्यक्ष अनुभूति ग्रहण गरियो! कृषिक्षेत्रको रूपान्तपण विना समृद्ध नेपाल सम्धीको गफ मात्रै बन्न सक्छ है!’

डा.बाबुराम भट्टरार्इ धन दिवस गोरु जोते

विशेष