चिकित्सा शिक्षा विधेयक : यी हुन् प्रतिस्थापन विधेयकमा खारेज भएका मुख्य बुँदाहरू
काठमाडौं । सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश- २०७४’ लाई प्रतिस्थापन गर्ने विधेयक तयार पारेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले अध्यादेशका मुख्य बुँदाहरू नै हटाएर प्रतिस्थापन विधेयकलाई अन्तिम रुप दिएको हो ।
क्याबिनेटले पास गरेको विधेयक संसदमा दर्ता हुन बाँकी छ । चुनावअघि नै चिकित्सा शिक्षा विधेयक तयार पारिए पनि राजनीतिक दलहरुबीच सहमति नजुट्दा त्यसबेला अध्यादेश ल्याइयो ।
केपी ओली सरकारले प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको ६० दिनमा प्रतिस्थापन विधेयक ल्याउन नसकेपछि फेरि अध्यादेश नै आएकाे हाे ।
प्रतिस्थापन विधेयकमा खारेज भएका मुख्य बुँदाहरू
- उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउने
- मेडिकल कलेजको आफ्नै अस्पताल ३ वर्ष सञ्चालन भएको हुनुपर्ने
- एउटा विश्वविद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिन पाउने
- नर्सिङ कलेजको लाइसेन्स चिकित्सा शिक्षा आयोगले दिने