१० महिनामा २४ अर्बको चामल आयात

काठमाडौं । सरकारले राष्ट्रिय धान दिवस मनाउन थालेको १५ वर्ष भयो । हरेक वर्ष असार १५ गते धान दिवस मनाए पनि धान उत्पादन वृद्धि नहुँदा वार्षिक अर्बौं रुपैयाँको चामल आयात हुँदै आएको छ ।
सरकारले चामललगायतका खाद्यवस्तु आयात प्रतिस्थापन गरी खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा गरे पनि चालू आर्थिक वर्ष ०७४-७५ मा साढे २४ अर्ब रुपैयाँको चामल आयात भएको छ ।
गत वैशाखसम्म चीन, भारत, थाइल्याण्ड, जापान, इटलीलगायतका मुलुकबाट २४ अर्ब ४९ करोड ८० लाखको चामल आयात भएको भन्सार विभागले जनाएको छ । –नागरिक दैनिकबाट
खाद्यान्न राष्ट्रिय धान दिवस चामल आयात