News मुख्य समाचार

प्रधानमन्त्री ओलीको कांग्रेसलाई प्रश्न : लोकतन्त्र जान्छ कहाँ ? लोकतन्त्र जान्छ भने आउँछ के ?

प्रधानमन्त्री ओलीको कांग्रेसलाई प्रश्न : लोकतन्त्र जान्छ कहाँ ? लोकतन्त्र जान्छ भने आउँछ के ?

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीले थेगो जस्तै गरेर अधिनायकवाद आउँछ भन्ने कुरा गर्न थालेको बताएका छन् । संसदमा विनियोजन विधेयकमाथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा शुक्रबार प्रधानमन्त्री ओलीले अहिलेको सरकारले अधिनायकवाद ल्याउन लागेको भन्ने कुरा थेगो जस्तै गरी विपक्षीले प्रयोग गरेको बताए ।

 

उनले भने, 'विपक्षीले केटाकेटीलाई हाउगुजी देखाएजस्तो गरी लोकतन्त्र जान्छ भनेर जनतामा भ्रम फैलाउने काम भएकाे छ । लोकतन्त्र कसैले किस्तीमा सजाएर दिएको वा अरुको पसिनाले आर्जेको नभई हामीहरुको ठूलो मेहनतले अाएकाे हाे । लोकतन्त्र जान्छ कहाँ ? लोकतन्त्र जान्छ भने आउँछ के ? कहाँ बाट? सरकार लोकतन्त्रप्रति प्रद्धिवद्ध छ।'

 

प्रधानमन्त्री ओलीले सरकारले ठिक बाटो लिएको भन्दै प्रतिपक्षी दललाई आश्वस्त हुन आग्रह गरे । उनले योजना आयोगका काम प्रभावकारी नदेखिएर प्रभावकारी देखाउन पुनर्गठन गरेको बताए  ।

 

उनीहरुले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अन्तर्गतका विभागका लागि १५६ अर्ब बजेट पार्नु त्यसको प्रमाण रहेको दाबी गरेका थिए । तर प्रधानमन्त्री ओलीले भने विभागहरुका काम प्रभावकारी बनाउनका लागि प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याएर पुनर्गठन गरिएको बताए ।

 

निषेधित क्षेत्र

अधिकारको प्रयोग विधि पूर्वक र कानुनसम्मत गर्नुपर्ने भन्दै निषेधित क्षेत्र भनेको वाक स्वतन्त्र रोक्नका लागि नभएको स्पष्ट पारे । विरोध प्रर्दशनका लागि बाहिर पनि निश्चित स्थान तोकिने गरेको दृष्टान्त दिँदै प्रधानमन्त्री ओलीले तानाशाही ढाल्नका लागि त दरबारभित्र पसेर पनि कब्जा गर्न सकिने तर लोकतन्त्रमा सबै बाटा खुल्ला भएकाले त्यसो गर्न नपर्ने बताए  । 

 

उनले भने,‘वाक स्वतन्त्रतामा किन्चित लगाम लाग्दैन । स्वतन्त्रताका हकहरुमा नियन्त्रण हुँदैन तर तीनमा थीति हुनुपर्छ ।’ प्रधानमन्त्री ओलीले  अत्यावश्यक क्षेत्रमा भएको विरोधलाई टुलुटुलु हरेर सरकार बस्न नसक्ने स्पष्ट पारे ।

 

प्रधानमन्त्री केपी शर्मा ओली काँग्रेस अधिनायकवाद संसद

विशेष