तीन दशकअघिसम्म नेपालबाट भारत बंगलादेशमा धानचामल निर्यात हुन्थ्यो
धान निर्यात अब इतिहास
काठमाडौं । साढे तीन दशकअघिसम्म सेती–महाकालीबाट बंगलादेश, भारतको उडिसालगायत ठाउँमा धान–चामल निर्यात गरिन्थ्यो । बंगलादेशमा अनिकाल पर्दा यहाँको माटोमा उब्जेको धानले भोक मेटाउँथ्यो । तर अहिले समय बदलिएको छ । धान–चामल निर्यात गर्ने हामी आयात गर्न बाध्य छौं ।
यसै कारण कुनै बेला सेती महाकालीबाट पनि भारत र बंगलादेशमा धानचामल निर्यात हुन्थ्यो भन्दा अहिलेको युवा पुस्तालाई एकादेशको कथाजस्तो लाग्छ । बदलिँदो समय र किसानको मागअनुसार राज्यले कृषि क्षेत्रमा उपयुक्त नीति बनाएर लागू गर्न नसक्दा धानचामल निर्या गर्ने देश आयात गर्न बाध्य भएको हो ।
नागरिक दैनिकबाट