News मुख्य समाचार स्वास्थ्य

अनशनकारीले भन्दैमा मेडिकल कलेज खोल्न रोक्न सकिँदैन् : कानूनमन्त्री तामाङ

प्रतिपक्षी दलले सरकारसँग अंश खाेज्याे

अनशनकारीले भन्दैमा मेडिकल कलेज खोल्न रोक्न सकिँदैन् : कानूनमन्त्री तामाङ

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले अनशनकारीले भनेकै भरमा काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्ने काम नरोकिने स्पष्ट पारेका छन् ।

 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री तामाङले सरकार कसैको निर्देशन र अनशन अनुसार कानून बनाउन तिर नलाग्ने बताए । 

 

उनले भने,‘मेडिकल कलेज कहाँ आवश्यक छ र कहाँ खोल्ने भन्ने निर्णय सरकारले गर्ने हो, जनता र विद्यार्थीलाई ध्यानमा राखेर मेडिकल कलेज खोल्ने हो, संसदले ऐन बनाउने हो, कोही व्यक्ति प्ले–कार्ड लिएर प्रदर्शन गर्न आउने र अनशन बस्दैमा उसले जे भन्यो त्यही हुँदैन्, कानून बनाउने अधिकार सार्वभौम संसदलाई छ।’ 

 

काठमाडौं उपत्यकाभित्र १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने अध्ययादेशमा व्यवस्था थियो नि, त्यसलाई तपाईहरुको सरकारले उल्टाएको हो भनेर एक पत्रकारले सोधेको प्रश्नमा मन्त्री तामाङले भने,‘कसैले अनशन बसेर सरकारलाई निर्देशन दिने होईन, काठमाडौं उपत्यकामा आवश्यकत्ता अनुसार मेडिकल कलेज खुल्छन्, अनशन बसेर विद्यार्थीलाई पढ्नबाट वञ्चित गर्न मिल्दैन्।’ 

 

त्यस्तै उनले के–के विषयमा अनशन बस्ने हो त्यो व्यक्तिको स्वतन्त्रताको कुरा भए पनि सार्वजनिक स्थलहरुमा अबदेखि हड्ताल गर्न नपाउने जनाए । उनले भने,‘सरकारले निषेधित क्षेत्र घोषणा गरिसकेको छ, अब त्यस्ता सार्वजनिक स्थलमा हड्ताल र अनशन बस्न पाईँदैन्।’ 

 

चिकित्सा शिक्षा विद्येयक संसदमा टेबुल भैसकेकोले अब त्यो संसदको विजनेश भएकोपनि उनले जनाए । उक्त विद्येयक असार २० गतेभित्रै राष्ट्रपतिबाट अनुमोदन भैसक्नेपनि मन्त्री तामाङले विश्वास दिलाए । 

 

प्रतिपक्षी दलले सरकारसँग अंश खाेज्याे

उनले प्रमुख प्रतिपक्षी दल कांग्रेस इतिहाँसमै यति निरीह बनेर सरकारसँग अंश खोजिरहेकाे आरोप लगाए । मन्त्री तामाङले कांग्रेसी नेताहरुलाई अहिले भाग पाइएन भनेर छट्पटी भैरहेको बताए । 

उनले भने,‘कांग्रेसका केही साथीहरु अहिले सरकारसँग अंश खोज्दैछन्, संवैधानिक नियुक्ती गर्नको लागि संसदीय समिति किन बन्न सकेन ? यसको कारण हो कांग्रेसले भाग खोज्नु, उसलाई विभिन्न समितिका सभापति चाहिएको छ, कहाँसम्म भने उसले कांग्रेसका जति सांसदहरुलाई एउटै समितिमा राख्नुपर्ने माँग गरेको छ, यो कहाँको लोकतान्त्रिक कुरा हो ?’
 

शेरबहादुर तामाङ मेडिकल कलेज चिकित्सा शिक्षा विद्येयक अनशन

विशेष