News मुख्य समाचार प्रदेश ७

टिकापुर घटनाको प्रतिवेदनहरु सार्वजनिक गर्न सरकारसँग माग

टिकापुर घटनाको प्रतिवेदनहरु सार्वजनिक गर्न सरकारसँग माग

काठमाडौं । पूर्वसांसद रुक्मणी चौधरीले कैलालीको टिकापुर घट्नाको बारेमा तयार पारिएका प्रतिवेदनहरु सार्वजनिक गर्न सरकारलाई आग्रह गरेकी छन्।

रिपोर्टर्स क्लब नेपालमा थरुहट/थारुवान संयुक्त संघर्ष समितिले असार १३, १४ र १५ गते जारी गरेको ‘काठमाडौं घोषणा पत्र’ सार्वजनिक गर्नको लागि आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व सभासद चौधरीले यस्तो माग गरेकी हुन्।

 

२०७२ भदौ ७ गते कैलाली जिल्लाको टिकापुरमा भएको घट्ना राजनीतिक भएको जिकिर गर्दै सभासद चौधरीले झुटा मुद्दा लगाएर २६ जनालाई थुनामा राखिएको आपत्ति प्रकट गरिन्।

 

‘सरकारको प्रत्यक्ष निगरानीमा ८ वटा प्रतिबेदनहरु तयार पारिएका छन् ती सार्वजनिक किन गरिएन ? हामीले पहिलेदेखि नै भन्दै आएका छौं, त्यो घटनामा थारुहरुका घरहरु जले, ठूलो क्षति भयो, त्यसका बारेमा सरकारले किन छानविन आयोग गठन गरेन ? त्यसको लेखाजोखा किन भएन ?’ उनले प्रश्न गरिन्।

टिकापुर घटना प्रतिवेदन रुक्मणी चौधरी

विशेष