News खेल

रसियामा अन्तिम रात कस्को ?, लयमा रहेका रोनाल्डोको र गोल नखाएको उरुग्वे

रसियामा अन्तिम रात कस्को ?, लयमा रहेका रोनाल्डोको र गोल नखाएको उरुग्वे

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ को नकआउट चरणमा आजको दोस्रो खेलमा पोर्चुगल र दुई पटकको विश्वविजेता उरुग्वेबीच रोमाञ्चक भिडन्त हुँदैछ । समूह ए को विजेता उरुग्वे र समूह बी को उपविजेता पोर्चुगलबीच नेपाली समयानुसार आज राती ११ः४५ बजे प्रतिस्पर्धा हुन लागेको हो । 


उरुग्वे समूह चरणका सबै खेलमा विजयी हासिल गर्दै समूह विजेता बनेको हो । उरुग्वेले तीन खेलमा ५ गोल गर्दा एक गोल पनि खाएन । उरुग्वेले इजिप्ट र साउदी अरेबियालाई १–० र रसियालाई ३–० ले पराजित गर्दै नकआउट चरणको यात्रा तय गरेको हो । 


यता पोर्चुगलको समूह चरण यात्रा भने केही कठिन रह्यो । पहिलो खेलमा स्पेनविरुद्ध ३–३ को बराबरी खेलेकाे पोर्चुगलले दोस्रो खेलमा मोरोक्को विरुद्ध १–० को सामान्य जित निकाल्न सफल रह्यो । तर, समूह चरणको अन्तिम खेलमा इरानसँग १–१ को बराबरी खेल्यो । यो नतिजाले पनि पोर्चुगल समूहको उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गर्न सफल भयो । 

 

सन् १९७२ पछि उरुग्वे र पोर्चुगल पहिलो पटक आमने सामने हुँदैछन् । सन् १९६६ मा भएको अन्तराष्ट्रिय मैत्रिपुर्ण खेलमा पोर्चुगलले उरुग्वेलाई ३–० ले पराजित गरेको थियो भने १९७२ मा भएको खेल १–१ को बराबरीमा रोकिएको थियो । यस खेलमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो र पेपे तथा उरुग्वेका लुइस स्वारेज र एडिन्सन् कभानि मुख्य आकर्षणमा रहनेछन् ।  

 

लुइस स्वारेज -उरुग्वे

इजिप्टबिरुद्धको खेलमा गोल गर्न असफल स्वारेज केही निराश देखिन्थे । तर, मोरक्कोविरुद्धको जितमा एकमात्र गोल उनैले गरेका थिए ।

 

सन् २०१० मा घानाविरुद्धको खेलमा हातले बल रोकेपछि र सन् २०१४ मा इटालीका जर्जियो चिलिनीलाई टोकेपछि निकै नै विवादमा आएका स्वारेज बार्सिलोनामा आएपछि भने सुध्रिएका छन् ।

 

बार्सिलोना एफसी उनका लागि सुधारगृह नै सावित भयो भन्दा पनि हुन्छ किनकी त्यसयता यस्ता हर्कत उनले गरेका छैनन् । 

 

क्रिष्टियानो रोनाल्डो-पोर्चुगल

क्रिष्टियानो रोनाल्डोले अहिलेसम्म विश्वकपको नकआउट चरणमा गोल गर्न सकेका छैनन् । उनले विश्वकपको नकआउट चरणमा अहिलेसम्म ४२४ मिनेट खेलको छन् र गोल गरेका छैनन् ।

तर यो विश्वकपमा उनले चार गोल गरिसकेका छन् । उनले सोचीको फिस्ट रंगशालामा स्पेनसँगको खेलमा ह्याट्रिक गरेका थिए । यसको अर्थ रोनाल्डोका लागि यो रंगशाला फाप पनि हुन सक्छ ।

विश्वकप र युरोकपमा गरी रोनाल्डोका लागि यो खेल ३८ सहभागिता हुनेछ । उनले बास्टिएन श्वान्स्टिाइगरको कीर्तिमानसँग बराबरी गर्ने छन् ।

विश्वकप पोर्चुगल उरुग्वे

विशेष