News अपराध सुरक्षा प्रदेश ७

गाउँपालिका अध्यक्षलाई कालोमोसो दल्ने ‘विप्लव’ कार्यकर्ता पक्राउ

गाउँपालिका अध्यक्षलाई कालोमोसो दल्ने ‘विप्लव’ कार्यकर्ता पक्राउ

  
बझाङ । मष्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायत र साइपाल गाउँपालिकाका नायब सुब्बा राधाकृण्ण जोशीलाई मोसो दलेको आरोपमा नेकपा (विप्लव)का एक कार्यकर्ता पक्राउ परेका छन् । 

 

खप्तड छान्ना गाउँपालिकाका वडा नम्बर–७, का ज्ञानबहादुर चौहानलाई मोसो दलेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

 

उनलाई सदरमुकाम चैनपुर आसपासबाट पक्राउ गरिएको र अहिले प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्ने काम भैरहेको प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलले बताए । उनी विप्लवका सक्रिय कार्यकर्ता तथा विप्लव निकट शहीद परिवार संगठनका जिल्ला अध्यक्ष रहेको प्रहरीको भनाइ छ ।

 

जनप्रतिनिधि र सरकारी कर्मचारीहरुलाई दुव्र्यवहार गर्ने काममा संलग्न भएका विप्लवका अन्य कार्यकर्ताको खोजी भैरहेको डीएसपी कँडेलले बताए । पक्राउ परेका चौहानलाई सार्वजनिक अपराधको मुद्धा लगाउने तयारी भैरहेको प्रहरीले जनाएको छ । 

मष्टा गाउँपालिका पक्राउ कर्णबहादुर कठायत विप्लव कार्यकर्ता मोसो

विशेष