विश्वकपमा बाजी लगाउने टोलेगुन्डा पक्राउ

काठमाडौं । विश्वकप फुटबलका खेलमा बाजी खेलाएकै अभियोगमा प्रहरीले टोलेगुन्डा राजनकुमार भुजेललाई पक्राउ गरेको छ ।
शुक्रबार कालीमाटीबाट पक्राउ परेका उनी ज्यान मार्ने उद्योगका फरार प्रतिवादी हुन् । आजको नयाँ पत्रिकामा खबर छ ।
क्यासिनो खेलाडी सट्टेबाजीमा
राजधानीका क्यासिनोमा जुवा खेल्न जाने र उनीहरूलाई मिटरमा ब्याज लगाउनेहरू अहिले सट्टेबाजीमा संलग्न हुने गरेको खुलेको छ । क्यासिनोमा जुनसुकै वेला समातिने डरले उनीहरू फुटबल म्याचको सट्टेबाजीमा संलग्न भएको प्रहरी बताउँछ ।
विश्वकप फुटबल राजनकुमार भुजेल