माइतीघर मण्डलामा विवेकशिल साझाका नेता कार्यकर्तामाथि प्रहरीकाे ज्यादती (फाेटाेफिचर)

काठमाडौं । सरकारले निषेधित क्षेत्र तोकेको विरोधमा प्रर्दशन गर्न गएकाहरु विवेकशील साझा पार्टीका सहअध्यक्ष उज्जवल थापासहित एक दर्जन पक्राउ परेका छन् ।
उनीहरुलार्इ पक्राउ गरी महानगरीय प्रहरी परिसर सिंहदवार लगिएको प्रहरीले जनाएकाे छ । माइतघर मण्डलालगायतका क्षेत्रमा प्रर्दशन तथा धर्ना गर्न नपाउने सरकारको निर्णयपछि यसको आलोचना भएको थियो ।

यहीक्रममा आज सरकारी निर्णयको विरोधमा प्रर्दशन गर्न माइतीघर मण्डला गएकाहरु पक्राउ परेका हुन् । उनीहरुले नागरिकको हक खोस्न नपाइने माग गरेको थिए ।
याे घटना लगत्तै विवेशिल साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले घाेर अापत्ति जनाउँदै भनेका छन्,'निषेधित क्षेत्र घोषणा फिर्ताको बिषयलाई लिएर प्रदर्शन भईरहदा हाम्रा पार्टीका एकजना संयोजक उज्वल थापा सहित पार्टीका केन्द्रीय सदस्य शशि बिक्रम कार्की र केही सदस्यहरुको गिरफ्तारी प्रति विवेकशील साझा पार्टी घोर आपत्ति प्रकट गर्दछ।
बिना कारण शान्तिपुर्णरुपमा विरोध गर्न पाउने अधिकार कुण्ठित गर्नु अधिनायकवादी चरित्रको प्रारम्भिक संकेत हो।'

काठमाडौंको शान्ति बाटिका र माइतीघर मण्डलामा आगामी साउन १ गतेदेखि सरकारले भेला हुन् र विरोध प्रदर्शन गर्न समेत रोक लगाएको थियो ।
