News मुख्य समाचार

डा. गोविन्द केसी जुम्लाबाट पक्राउ

डा. गोविन्द केसी जुम्लाबाट पक्राउ

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्न जुम्ला पुगेका डा.गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । 

 

डाक्टर केसी अनसन बस्न शुक्रबार बेलुका जुम्ला पुगेपछि स्थानीय प्रशासनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको २ सय मिटर वरिपरि निषेधित क्षेत्र तोकेर अनशन बस्न नपाइने घोषणा गरेको थियो ।

 

प्रतिष्ठान परिसरमा अनसन बस्न नपाएपछि डाक्टर केसी समर्थकसहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए । प्रशासनले कार्यालय अगाडि प्रदर्शन गर्न नपाइने भन्दै उनलाई पक्राउ प्रहरीले गरेको हो ।

 

चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर मेडिकल माफियाकै अनुकुल बनाएर ल्याउन खोजेको, जुम्लालाई मेडिकल हब बनाउनुपर्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीलगायत मेडिकलको उच्च शिक्षाको अध्यापन शुरु गर्नुपर्ने लगायत माग गर्दै डाक्टर केसीले प्रतिष्ठानको परिसरमै अनशन सुरु गर्न शुक्रबार जुम्ला पुगेका थिए । 

डा.गोविन्द केसी पक्राउ

विशेष