News मुख्य समाचार

गगनले अर्थमन्त्रीलार्इ भने, परीक्षा जनताले लिने हो, रिपोर्ट कार्ड हामीले पेस गर्ने हो

बजेट चार ‘स’मा चुकेकाे भन्दै थापाले यसरी प्रस्ट्याए

गगनले अर्थमन्त्रीलार्इ भने, परीक्षा जनताले लिने हो, रिपोर्ट कार्ड हामीले पेस गर्ने हो

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले बजेटबारे चार मुख्य कमजोरी औल्याएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिकाे छलफलका क्रममा बजेटले आफूलाई निराश बनाएको भन्दै उनले चार ‘स’मा चुकेको बताएका हुन् ।

 

 उनले २०१५ र २०४८ सालको जस्तो मार्गदर्शन गर्न सक्ने बजेटको अपेक्षा गरिएको भएपनि अहिलेको सरकार यसमा पूर्ण रुपमा चुकेको बताए। ‘तपाईंहरुलाई एक वर्ष समय छ, यो जनताले लिएको परीक्षा हो,’ थापाले संसदमा भने, ‘परीक्षा जनताले लिने हो, रिपोर्ट कार्ड हामीले पेस गर्ने हो।’
 

बजेट चार ‘स’मा चुकेकाे भन्दै थापाले यसरी प्रस्ट्याए

पहिलोः स्पष्टता । संविधान कार्यान्वयन संघीयताको कार्यान्वयनसँग जोडिएको भन्दै उनले भने, संघीयता कार्यन्वयनमा यो बजेटसँग अपेक्षा थियो विस्तृत दृष्टिकोणको, मार्गदर्शनको, रणनीतिको । तर, बजेट पूर्ण रुपमा चुकेको छ ।’ बजेटले वित्त व्यवस्थापनलाई आत्मसाथ गर्न नसकेको उनको आरोप छ ।

 

दोस्रोः समृद्धिको प्रयत्नमा स्पष्टताको अभाव । २०१५ र २०४८ मा जस्तै अहिले मार्गदर्शनको अपेक्षा गरोस् र बाषिर्क केही कार्यक्रमको किटानी होस् भन्ने अपेक्षा भएपनि बजेटले त्यसलाई पुरा गर्न नसकेको कांग्रेस सांसद थापाले बताए ।

 

अर्थमन्त्रीले पूर्वाधारलाई जोड दिए पनि कार्यक्रम छरिएकाले परीणाम दिन नसक्ने उनको दाबी गरे । दक्षिण कोरियाले विदेशी सहायता नपाउँदा पनि एक्सप्रेस हाइवे बनाएको उदारहण दिँदै उनले बजेटमा त्यस्तै केही अपेक्षा गरिएको बताए ।

 

लगानीको वातावरण पनि बनाउन नसकेको उनको दाबी छ । एक वर्षभित्र नेपाललाई लगानीको गन्तव्य बनाउन सकिने भएपनि ठोस कार्यक्रम नआएको उनले बताए ।

 

पूर्वाधारका हिसावले कमजोर र कर उच्च भएको भन्दै भने, ‘त्यसमाथि पनि नेपालभित्रको छलफल र बहसलाई हेर्‍यो भने पुँजी भनेकै नकारात्मक कुरा हो । नाफा कमाउनु भनेको अवराध हो । व्यवसाय गर्नु भनेको पाप हो भन्ने राजनीतिक मनोविज्ञान हावी भएको ठाउँमा कोही पनि मान्छे लगानी गर्न पाउँदैन ।’

 

तेस्रोः साहस । निर्वाचन क्षेत्र पूर्वधार कोषलाई नयाँ शीर्षक दिएर ल्याउन आवश्यक नभएको उनको दाबी छ । तर, यो संघीयताको मर्म विपरित भएपनि अर्थमन्त्रीले हटाउन साहस गर्न नएकेको उनले बताए । सांसद थापाले भने, मन्त्रीसँग पनि साहस गर्नु भएन । मन्त्रालयले दिएको अनावश्यक कार्यक्रम काट्न सक्नु भएन ।’ ऋण लिएर भएपनि कतिपय पूर्वाधारका कार्यक्रम सम्पन्न गर्छु भन्ने साहस पनि अर्थमन्त्रीले गर्न नसकेको उनले बताए ।

 

चौथोः सृजनशीलता । राजश्वको लक्ष्य ठूलो रहेको भन्दै सांसद थापाले कर बढाउनु स्वभाविक भएको बताए । अर्थमन्त्रीले करको दायरा बढाउनुको साटो दर बढाउने बाटो रोजेको उनको दाबी छ । विद्युतीय कारोबारको प्रयोग गरेर सकिने भन्दै उनले मेक्सिकोको सारी कार्यक्रमको उदारहण प्रस्तुत गरे । उनकाअनुसार व्यवसाय दर्ता गर्न ३० दिन लाग्नेलाई मेक्सिकोमा त्यसलाई एक दिनमा झार्दा २६ प्रतिशत व्यवसायी दर्ता भएको थियो ।

 

गगन थापा

विशेष