भरियालाई साढे १० बर्ष जेल !

१७ किलो सुनसहित पक्राउ परेका मनाङको नासो गाउँपालिका ९, दानाक्युका ३१ बर्षीया पासाङ लामालाई लमजुङ जिल्ला अदालतले १० बर्ष ६ महिना कैद फैसला गरेको छ ।
जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको ईजालासले बगोबमोजिम ८ करोड १६ लाख १४ हजार ९ सय ६० रुपैयाँ जरिवानासमेत तोकेको छ ।
उक्त सुनको विगोबमोजिमको मुल्य तत्कालीन अवस्थाको हो ।
संगठित अपराध ऐन, २०७० अन्तर्गतको मुद्धामा लामालाई थप ५० हजार रुपैयाँ जरिवाना तोकिएको अदालतका स्रेतादार मुभिप्रसदा शर्माले बताए ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।