यी हुन् विश्वकपमा प्रयोग हुने रसियाका सुन्दर १२ रंगशाला
आगामी जुन १४ देखि जुलाई १५ सम्म हुने २१औँ संस्करणको विश्वकपका लागि आयोजक रसिया पूर्ण रुपमा तयार हुँदैछ। पहिलो पटक फुटबलको महाकुम्भ आयोजना गर्न लागेको रसियाको ११ शहरका १२ रंगशाला यस विश्वकपको लागि तयार पारिएको छ।
यीनै रंगशालमा २०१८ का खेलहरु खेलाइनेछ।
यी हुन् १२ रंगशाला
कजान एरेना
युरोपियन च्याम्पियन्स लिग र युरोपा लिगका फ्यानहरुका लागि कजान एरेना फेमिलियर रंगशाला हो। सन् २००९ मा मजानलाई स्कोर्ट्स क्यापिटल अफ रसिया नाम दिइएको थियो।
यस रंगशालमा समूह चरणका ४ तथा प्रिक्वाटरफाइनल र क्वाटरफाइनलका १-१ खेल हुनेछ। इंगल्याण्डको वेम्ली र एमिरेट्स स्टेडियमको आर्किटेक्सले डिजाइन गरेको यो रंगशालाको मुख्य आकर्षक भनेको ग्राउण्डको साइडमा रहेको एचडी स्क्रिन हो। जुन यस प्रकारको विश्वमै रहेको ठूलो हो। यसको दर्शक क्षमता करिब ४६ हजार छ। यो रुविन कजानको घरेलु मैदान समेत हो।
यसमा फिफा कन्फेडेरेसन कपको खेल समेत भएको थियो।
एकातेरिनवर्ग स्टेडियम
राजधानी मस्कोबाट हजारौँ माइल टाढँ तथा उराल माउण्टेनको दक्षिणमा रहेको यो स्टेडियम यसै विश्वकपको लागि पुनर्निर्माण गरिएको हो। थोरै दर्शक क्षमता रहेको मध्ये एक यस स्टेडियममा समूह चरणका खेलहरु मात्र खेलाइनेछ। यसको दर्शक क्षमता करिब ३६ हजार छ।
सन् १९५३ मा निर्माण भएको यो रंगशाला पुरानो क्लब एफसी उरालको घरेलु मैदान हो। यहाँ लिग चरणका ४ खेल हुनेछ।
फिस्ट स्टेडियम सोची
सोचीको ओलम्पिक पार्कमा रहेको फिस्ट स्टेडियम सन् २०१४ मा विन्टर ओलम्पिकको लागि तयार पारिएको थियो। जहाँ ओपनिङ र क्लोजिङ सेरेमोनी भएको थियो। २०१८ को विश्वकपका लागि पुनर्निर्माण गरिएकव यस स्टेडियमा २०१७ मा पुन: खुल्ला गरिएको थियो जहाँ कन्फेडेरेसन कपका खेलहरु भएका थिए।
माउण्ट फिसको नामबाट नामकरण गरिएको यस स्टेडियममा अहलेको योजना अनुसार रसियन टिमले ट्रेनिङ गर्नेछन् भने मैत्रीपूर्ण खेलहरु खेल्न सकिनेछ।
यस स्टेडियममा विश्वकप २०१८ का समूह चरणका ४ तथा प्रिक्वाटरफाइनल र क्वाटरफाइनलका १-१ खेल हुनेछ।
कालिनगार्ड स्टेडियम
विश्वकप २०१८ कै लागि भनेर तयार पारिएको यो रंगशाला कालिनिनगार्ड शहरको मुख्य स्थान ओक्टियाब्रस्की आइल्याण्डमा छ।
यस मल्टी प्रपोज भेन्युमा फुटबल लगायत अन्य स्पोर्टिङ इभेन्ट पनि आयोजना गर्न सकिन्छ। विश्वकप पछि यस स्टेडियमलाई एफसी बाल्टिका ओक्टियाब्रस्कीले घरेलु मैदानको रुपमा प्रयोग गर्नेछ। जर्मन क्लब वायर्न म्युनिखको एलिएन्ज एरेनाबाट प्रभावित भएर यो स्टेडियम तयार पारिएको छ। यहाँ लिग चरणका ४ खेल हुनेछ।
स्पार्टाक स्टेडियम
विश्वकप फुटबल र रसियन क्लब स्पार्टक मस्को दुवैको लागि बनाइएको स्टेडियम हो यो। रसियाको सबैभन्दा चर्तित क्लब समेत रहेको स्पार्टाकले अहिलेसम्म डाइनो, लुजनिकी, लोकोमोतिभ लगायत स्टेडियममा खेल्दै आएको थियो।
सन् २०१० मा निर्माण सुरु गरिएको यस स्टेडियममा सन् २०१४ मा स्पार्टाकले रेड स्टार बेलग्रेडसँग पहिलो खेल खेलेको थियो। यस्तै २०१७ को कन्फेडेरेसन कपका खेल समेत भएको थियो। यस स्टेडियमको क्षमता ४५ हजार भन्दा बढी छ। यहाँ समूह चरणका ४ र प्रिक्वाटरफाइनलका १ खेल हुनेछ।
समारा एरेना
२०१८ को विश्वकपकै लागि तयार पारिएको रंगशाल हो यो। यसको निर्माण कार्य २०१४ मा सुरु गरिएको थियो। सोभियत स्पेश प्रोग्रामको होम मानिने यो रंगशाला खासै प्रयोगमा नआउने रंगशाला हो।
रसिया विश्वकपपछि यो रंगशाला कर्लया सोभतोभले घरेलु मैदानको रुपमा प्रयोग गर्नेछ। यसको क्षमता करिब ४५ हजार छ।
यहाँ समूह चरणका ४ तथा प्रिक्वाटर र क्वाटरफाइनलका १-१ खेल हुनेछ।
मोर्दोभिया एरेना
रसियन एथलिक पिपल मोर्दोभियनको एकता भएको हजार वर्षगाँठको अवसरमा सन् २०१० मा यो रंगशाला बनाउन सुरु गरिएको थियो। यो रंगशाला पिन २०१८ विश्वकपका लागि तयार पारिएको हो।
विश्वकपपछि यस रंगशालको केही भाग घटाएर दर्शक क्षमता ४४ हजारबाट २५ हजारमा झारिनेछ। यस्तै एफसी मोर्दोभियाले यसलाई घरेलु मैदानको रुपमा प्रयोग गर्नेछन्। यहाँ समूह चरणका ४ खेल हुनेछ।
भोल्गोग्राड एरेना
सन् १९९५ मा भएको युइएफए कपमा स्पार्टाक मस्कोले इंगलिस क्लब म्यानचेष्टर युनाइटेडमाथि यसै रंगशालमा जित हात पारेको थियो।
रसिया विश्वकपको लागि नै तयार पारिएको यस रंगशालको क्षमता ४५ हजार छ। विश्वकपपुछि यो रंगशाला एफसी रोटोरले घरेलु मैदानको रुपमा प्रयोग गर्नेछ।
यहाँ समूह चरणका ४ खेल हुनेछ।
लुजनिकि स्टेडियम
सन् १९५६ मा राष्ट्रिय स्तरको स्पार्टाकिएडको लागि निर्माण गरएको यो लुजनिकि स्टेडियममा सन् १९८० को ओलम्पिक गेम्स आयोजना भएको थियो। २०१८ को विश्वकपको लागि पुन नर्माण गरिएको यस स्टेडियमको दर्शक क्षमता ६० हजार छ। यो रसियाको लिडिङ फुटबल स्टेडियम हो जहाँ रसियाको राष्ट्रिय टिमले खेल्ने गर्छ। मस्कोमा रहेको यस स्टेडियममा २१औँ संस्करणको उद्घाटन र फाइनल खेल हुनेछ। एक सेमिफाइनल खेल समेत हुने यो स्टेडियमा कूल ७ खेल हुनेछ।
निज्नी नोभगोरोड
भोल्गा र ओका नदिको छेउमा रहेको यो स्टेडियममा विश्वकपका लागि निर्माण गरिएको हो।
रसिया विश्वकपपछि यो स्टेडियम ओलम्पियट्स निज्नी भोलोगोरेडले घरेलु मैदानको रुपमा प्रयोग गर्नेछ। यहाँ समूह चरणका ४ तथा अन्तिम १६ र क्वाटरफाइनलको १-१ खेल हुनेछ। यसको क्षमता ४५ हजार छ।
रोस्टोभ एरेना
२०१८ को रसिया विश्कपकै लागि तयार पारिएको यो स्टेडियमा डन नदीकझ बायाँतर्फ अवस्थित छ। सन् २०१४ को रसियन कप विजेता एफसी रोस्तोभले घरेलु मैदानको रुपमा प्रयोग गर्ने यो एरेनाको दर्शक क्षमता ४५ हजार छ। यहाँ समूह चरणका ४ तथा अन्तिम १६ का १ खेल हुनेछ।
सेन्ट पिटर्सवर्ग स्टेडियम
सन् २०१७ को कन्पेडेरेसन कपको उद्घाटन र फाइनल खेल आयोजना गरेको सेन्ट पिटर्सवर्ग स्टेडियमको दर्शक क्षमता ६७ हजार छ। यहाँ एक सेमिफाइनल र तेस्रो स्थानको खेलसहित कूल ७ खेल हुनेछ। जसमा घरेलु टोली रसियाको समूह चरण अन्तर्गत इजिप्टबीच खेल पनि हुनेछ।
विश्वकप रसिया