अस्पतालको शैयाबाट जीवन रक्षाको आग्रह

बेनी, म्याग्दी । उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी एक महिलाले शहीद गंगालाल हृदय रोग केन्द्र काठमाडौँको अस्पतालको शैयाबाट उपचारका लागि आर्थिक सहयोग गरी आफ्नो जीवन बचाइदिन आग्रह गरेका छन् ।
अत्यन्त कमजोर आर्थिक अवस्थाका कारण आफ्नो उपचारमा लाग्ने रु छ लाख जुटाउन नसकेर अस्पतालको बेडमा छट्पटाइ रहनुभएकी ६५ वर्षीया पूर्णकुमारी क्षेत्री खत्रीले सहृदयी व्यक्तिसँग सहयोगको आग्रह गरेकी हुन् ।
मुटुरोगका कारण जीवनमरणको दोसाँधमा रहेकी खत्रीको उपचारमा रु छ लाख लाग्ने अस्पतालका चिकित्सकले बताएका र आफूसँग त्यतिधेरै पैसा नभएकाले आमाको उपचार हुन नसकेको खत्रीका छोरा राजन खत्रीले दुखेसो गरेकी हुन् ।
“घरको सबै सम्पत्ति बेच्दा पनि रु छ लाख पुग्दैन” राजनले भने “डाक्टरले आमाको मुटुको शल्यक्रिया गर्नुपर्ने र त्यसका लागि रु छ लाख लाग्ने बताएका छन्, हामीसँग पैसा नभएकाले शल्यक्रिया नहुँदा आमा अस्पतालको बेडमा नै छट्पटाइ रहेकाे छन् ”।
जलजला गाउँपालिकाको तर्फबाट अध्यक्ष यामबहादुर मल्लले खत्रीको उपचारका लागि आर्थिक सहयोग गर्न सहृदयी सबैलाई आग्रह गरेका छन् ।
मुटुरोग जलजला गाउँपालिका पूर्णकुमारी क्षेत्री खत्री