News

हो, मैले पुजालाई मेरो डेरामा राखेको छु 

हो, मैले पुजालाई मेरो डेरामा राखेको छु 

काठमाडौं । सामूहिक बलात्कारको सिकार भएकी पुजा बोहोराले आश्रित संस्था रक्षा नेपालविरुद्ध गम्भीर आरोप लगाएपछिका घटनाक्रमले नयाँ मोड लिएको छ । पुजाको आरोपपछि चर्चित समाजसेवी मेनुका थापाले छ पन्ने प्रेस विज्ञप्ति जारी गरेर पुजालेलगाएको आरोपको खण्डन गरिसकेकी छन् । 

 

यसबीच पुजा अहिले कहाँ छिन् भन्ने प्रश्न पनि उब्जेको छ । मेनुकाको आरोपअनुसार पुजालाई चर्चामा नआएको र कतै अफिस पनि नभएको विश्वास नेपाल नामक संस्थाका अध्यक्ष प्रदीप घिमिरेले उनको आफ्नै डेरामा राखेका छन् । २३ वर्षीया पुजा मध्यबानेश्वरको माता पाथीभरा गर्ल्स होस्टलमा बस्ने गरेकी थिइन् । त्यहाँ सात महिनासम्मको भाडा मेनुका थापाले नतिरिदिएका कारण पुजालाई विश्वास नेपालका अध्यक्ष घिमिरेले आफ्नै डेरामा लिएर गएका हुन् । 

 

२९ वर्षका घिमिरकीबहिनी पनि पहिले रक्षा नेपालको आश्रयमा थिइन् । घिमिरेले बहिनीलाई रक्षा नेपालबाट झिकेर आफैसँग लिएर गए । अहिले पुजालाई पनि उनैले डेरामा लगेर राखेका छन् ।

 

घिमिरले भने, ‘होस्टलको भाडा महिनौंसम्म नदिएपछि पुजा बहिनीलाई समस्या परेको थाहा पाएँ । अनि अहिले आफ्नै डेरामा ल्याएर राखेको छु ।’

 

मेनुका थापाले घिमिरेले नै उचालेर पुजाले पत्रकार सम्मेलन गरेको आरोप लगाएकी छन् । यस सम्बन्धमा घिमिरेले भने, ‘आरोप लाग्ने लाग्दै गर्छ । मेनुका थापाले अहिले पनि पुजा मानसिक बिरामी भएको, औषधि सेवन गर्दै आएको, अस्वभाविक व्यवहार देखाउने गरेको जस्ता आरोप लगाउनु भएको छ । अब प्रश्न उठ्छ के एक अस्वस्थ मान्छेले कोरियामा गएर गोल्ड मेडल ल्याउन सक्छ ? कक्षामा प्रथम हुन सक्छ ? यति राम्रोसँग पढ्न सक्छ ?’

 

सामूहिक बलात्कारमा परेका महिला बालबालिकाको अनुहार सञ्चार माध्यममा ल्याउनु हुँदैन भन्ने आचारसंहिता छ । तर पुजाले पत्रकारसम्मेलन गर्दा खुलेर आइन् । प्रदीप घिमिरेले पुजालाई हौस्याएर पत्रकार सम्मेलनमा उभ्याएको आरोप पनि छ । 

 

प्रदीपको दावीअनुसार पुजा आफैले सधै मास्क लगाउँदिनँ भनेर एक्स्पोज भएकी हुन् ।  नाकबाट रगत निस्किने गरी मोबाइलले हिर्काएको आरोपको मेनुकाले खण्डन गरेकी छन् । तर प्रदीपको दावीअनुसार यहि जेठ ८ गते भन्दा पछि नै यो घटना भएको हो । अहिले पनि पुजाको नाकमा मोबाइलले हिर्काको खत छ । हिर्काउँदै नहिर्काई यस्तो आरोप लगाउको होइन भन्ने प्रदीपको भनाइ छ । 

यस सम्बन्धमा पुजासँग पनि कुराकानी गर्ने प्रयास गरेका छौं । उनीसँग कुराकानी भने हुन पाएको छैन । 

पुजा बोहोरा सामूहिक बलात्कार मेनुका थापा

विशेष