News मुख्य समाचार

कम्युनिस्ट अर्थतन्त्र ल्याउन खाेजियाेः प्रकाशमान सिंह

कम्युनिस्ट अर्थतन्त्र ल्याउन खाेजियाेः  प्रकाशमान सिंह

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सरकारले बजेट राज्य नियन्त्रित अर्थतन्त्रकाे रूपमा ल्याएकाे बताएका छन् ।

 

आइतबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिकाे छलफलमा भाग लिँदै उनले बजेटमा उल्लेखित कतपिय व्यवस्थाले सरकारले देशलाई नियन्त्रित अर्थतन्त्रतिर लैजाने खोजेको संकेत मिलेको बताएका हुन् ।

 

बजेटका सबै बुँदा अध्ययन गर्दा कम्युनिस्ट सरकारले बनाएको बजेट नियन्त्रित अर्थतन्त्रबाट निर्देशित रहेको पाइएको छ’ उनले भने । कम्युनिस्ट सरकारले देशलाई जनवादी केन्द्रीयताको व्यवस्थामा लैजान लागेको पनि सिंहले आरोप लगाए ।

 

उनले भने, 'सत्तामा रहेका दलको  नियन्त्रणमा अर्थतन्त्रलाई लैजाने खालको संकेत बजेटमा देखिएको छ ।’ 

प्रकाशमान सिंह बजेट

विशेष