News

संसद् अवरुद्ध गर्ने चेतावनी

संसद् अवरुद्ध गर्ने चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बारम्बार पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । आइतबारको संसद् बैठकको सुरुमै कांग्रेसले जनजीवनलाई प्रभावित पार्ने गरी भएकाे मूल्यवृद्धि फिर्ता लिन माग गरेको हो । 

 

कांग्रेस सांसद अतहरकमाल मुसलमानले सम्बृद्ध नेपाल र सुखी नेपालीको नारा लगाउँदै एक महिनामा तीनपटकसम्म मूल्यवृद्धि गरिएको भन्दै आपत्ति जनाए। बढाइएको मूल्य फिर्ता नगरे संसद् अवरुद्ध गर्ने उनले चेतावनी दिए।

 

प्रतिपक्षीको चेतावनीपछि सभामुख कृष्णबहादुर महराले सम्बन्धित विषयमा ध्यान दिन सरकारलाई निर्देशन दिए । स्वचालित मूल्य प्रणाली अवलम्बन गरेको भन्दै नेपाल आयल निगमले शनिबार रातीदेिख लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्यमा प्रति लिटर ३ रुपैयाँ बढाएको थियो। 

नेपाली काँग्रेस अतहरकमाल मुसलमान

विशेष