News देश प्रदेश ३

धादिङमा ट्रक र ट्याक्टर ठोक्किँदा ट्रकमा आगलागी

धादिङमा ट्रक र ट्याक्टर ठोक्किँदा ट्रकमा आगलागी

काठमाडौं । धादिङको धार्के नजिकै ट्रक र ट्रयाक्टर एकआपसमा ठोक्किँदा ३ जना घाइते भएका छन् ।


प्रहरी चौकी खानीखोलाका अनुसार काठमाडौंबाट चितवन जाँदै गरेको बा १७ प १०९३ नम्बरको ट्रयाक्टर विपरित दिशाबाट आइरहेको ना ५ ख ८७७० नम्बर ट्रकसँग ठोक्किएको थियो ।

 

ट्रकमा आगलागी भएको छ । ट्रयाक्टर ट्रकको डिजेल ट्याङ्कीमा ठोक्किएपछि आगलागी भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।अहिले पनि आगो रोकिएको छैन । जिल्ला प्रहरी कार्यालयको टोली पनि घटनास्थलतर्फ लागेको छ ।

आगलागी ट्रक र ट्याक्टर ठोक्किए

विशेष