पेट्रोलियम पदार्थको मूल्य वृद्धि बाध्यताः मन्त्री यादव
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पेट्रोलियम पदार्थको मूल्य वृद्धि सरकारको रहर नभई बाध्यता भएको बताएका छन्।
प्रतिनिधिसभाको साेमबारको बैठकमा विशेष समय लिएर बाेलेका उनले इन्डियन आयल कर्पोरेशन र नेपाल आयल निगमबीच भएको सम्झौताअनुसार मूल्य वृद्धि भएको बताएका हुन् ।
सन् २०१७ मार्च १८ मा अन्तर्राष्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएमा सोअनुसार मूल्य समायोजन गरिने दुई देशबीचको सो सहमतिमा उल्लेख छ।
मातृका यादव पेट्रोलियम पदार्थ मूल्य वृद्धि