News अपराध सुरक्षा मुख्य समाचार

पूर्वप्रहरी अधिकारीलार्इ गृहले भन्याेः मुद्धामा भ्रामक कुराहरू नफैलाउनुस्

'कसैप्रति पुर्वाग्रह राखिएकाे छैन'

पूर्वप्रहरी अधिकारीलार्इ गृहले भन्याेः मुद्धामा भ्रामक कुराहरू नफैलाउनुस्

काठमाडौं । नेपाल प्रहरीका तीन पुर्वडीआईजीले सनम शाक्य हत्या र सुन तस्करी प्रकरणमा निर्दोष प्रहरीलाई फसाईएको भन्दै गम्भिर अनुसन्धान हुनुपर्ने माग गरेको भोलिपल्ट सोमबार गृह मन्त्रालयले त्यसप्रती आपत्ती जनाएको छ।

 

गृहले अनुसन्धानमा कसैप्रति पुर्वाग्रह नराखिएको दाबी गर्दै अदालतमा विचाराधिन मुद्धामा भ्रामक कुराहरु नफैलाउन पनि आग्रह गरेको छ।

 

‘यो विशेष अनुसन्धान कोही व्यक्ति, पदाधिकारीप्रति आग्रह, पूर्वाग्रह राखी गरिएको विषय नभइ प्रचलित कानुनले प्रदान गरेको अधिकार बमोजिम तथ्य, प्रमाण र कानुनको अधिनमा रहेर निरन्तर जारी रहेको विषय भएको जानकारी गराइन्छ’, विज्ञप्तिमा लेखिएको छ ।

 

पूर्वडीआईजी हेमन्त मल्ल, रमेश खरेल र राजेन्द्रसिंह भन्डारीले अनुसन्धान सम्बन्धी ज्ञान नै नभएका ब्यक्तीले अनुसन्धान गरेको र प्रहरी संगठनभित्र राम्रा प्रहरी अधिकारीहरुलाई सिध्याउने खेल भएको भन्दै चिन्ता ब्यक्त गरेका थिए।

 

रमेश खरेल गृह मन्त्रालय पुर्वडीआईजी हेमन्त मल्ल राजेन्द्रसिंह भन्डारी

विशेष