विपी राजमार्गमा ठूला गाडी चलाउन सर्वोच्चद्वारा रोक

काठमाडौं । सर्वोच्च अदालतले विपी राजमार्गमा ठूला गाडी गुडाउन रोक लगाएको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले विपी राजमार्गमा ठूला गाडी गुडाउने इजाजत दिने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश दिएको हो ।
सर्वोच्चले यस सम्बन्धमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि सरकारलाई आदेश दिएको छ । सडक साँघुरो भएको ठहरसहित त्यस राजमार्गमा ठूला गाडी चलाउन इजाजत नदिन सरकारको नाममा अन्तरिम आदेश जारी गरिएको सर्वोच्चका सहायक प्रवक्ता नगेन्द्रकुमार कालाखेतीले जानकारी दिए ।
अधिवक्ता कैलाशराज दाहालले विपी राजमार्गमा ठूला गाडी गुडाउन अनुमति नदिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।त्यसैगरी न्याय परिषदले १६ जनालाई जिल्ला न्यायाधीश पदमा नियुक्त गर्न कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशीलाई सिफारिस पनि गरेको छ ।
रिक्त जिल्ला न्यायाधीश पदको परीक्षामा उतीर्ण भएका १६ जनालाई जिल्ला न्यायाधीशमा नियुक्त गर्न परिषदले कायममुकायम प्रधानन्यायाधीश जोशीलाई सिफारिस गरेको हो ।
विपी राजमार्ग