News समाज

श्रीमान् यूएईमा, छोरासहित श्रीमती सम्पर्कविहीन

श्रीमान् यूएईमा, छोरासहित श्रीमती सम्पर्कविहीन

बेनी, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटकी एक महिला दुई छोरासहित एक सातादेखि बेपत्ता भएकी छन् । 

 

विगत चार वर्षदेखि दरवाङमा डेरा लिएर बस्दै आएकी २६ वर्षीया कल्पना पुन, १० वर्षीय छोरा रोहित र सात वर्षीय हेमन्त दरवाङबाट सम्र्पकविहीन भएको कल्पनाका जेठाजु हीरा पुनले बताए । 

 

“आफन्त भएका सबै ठाउँमा खोजीकार्य गरियो, परिवारबाट खोजी गर्दा पत्ता नलागेपछि प्रहरीलाइ्र्र सहयोग मागेका छाैं” पुनले भने । विगत चार वर्षदेखि दरवाङस्थित केबी एकेडेमीमा छोरालाई पढाउन आएकी कल्पनाको खोजीमा परिवारका सदस्य, आफन्त, माइती पक्षले खोजीकार्यमा सहयोग गर्न अपिल गरेका छन् । 


कल्पनाका श्रीमान् थगेन्द्र रोजगारीको सिलसिलामा यूएई छन् । खोजीकार्यका लागि इलाका प्रहरी कार्यालय दरवाङमा निवेदनसमेत दिइएको छ । 

 

परिवारका सदस्यका अनुसार जेठ १३ गते दरवाङदेखि बेनी आउँदै गरेको बसमा चढेको सूचना आफन्तले पाएका छन् । दरवाङबाट काठमाडाैं जाने बसमा चढेको र बेनीमा झरेको यातायात व्यवसायीले प्रहरीलाई जानकारी गराएका छन् ।

 

बेनीबाटै कहाँ गएको भन्नेबारेमा कुनै जानकारी नभएको आफन्तको भनाइ छ । कल्पना छोरासँगै सम्पर्कविहीन भएपछि परिवारमा रुवाबासी चलेको छ । 

 

यसैबीच दुईवटा बालकसहित कल्पनालाई कसैले भेटेमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनसमेत आफन्तले अनुरोध गरेका छन् ।  रासस

सम्पर्कविहीन म्याग्दी

विशेष