News राजनीति

शासकीय स्वरूपमा परिवर्तन गराैँः दाहाल

शासकीय स्वरूपमा परिवर्तन गराैँः दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले संसदीय शासकीय स्वरूपको निर्वाचन प्रणालीमा परिवर्तन गनपर्ने विचार व्यक्त गरेका छन् । 

 

पोखरामा सोमबार नेपाल पत्रकार महासंघ प्रदेश नं ४ द्वारा आयोजित पत्रकार सम्मेलनमा उनले सामान्य मानिसले धान्नै नसक्ने गरी निर्वाचन प्रणाली खर्चिलो भएकाले यसको परिवर्तनका लागि नेतृत्व तहमा छलफल सुरु भएको र शासकीय स्वरूपमा केही नयाँपन स्थापना गर्नुपर्ने आवश्यकतामाथि जोड दिए । 

 

अध्यक्ष दाहालले नेपालमा लोकतन्त्रिक गणतन्त्र स्थापनामा कम्युनिस्टको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यसको सबलीकरणमा पनि कम्युनिस्टहरू सक्रिय हुर्ने बताए । 

 

उनले भने, ‘पहिलो संविधानसभामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका विषयमा करिब करिब सहमति भएको र दोस्रो संविधानसभामा समीकरण एवं परिस्थिति बदलिएको अवस्थामा तत्कालीन रूपमा अहिलेलाई यही मोडेलअनुसार गर्ने भन्ने तय भएको थियो ।  

 

अध्यक्ष दाहालले नेकपा र भर्खरै सरकारमा आएको पार्टी पनि प्रत्यक्ष कार्यकारी प्रमुखको पक्षमा रहेको र सरकारको पक्षमा अहिले दुई तिहाइ बहुमतसमेत रहेको उल्लेख गर्दै जनता र पार्टीगत तहमा यो छलफलको विषय भए पनि तत्कालीन एजेन्डा भने नभएको बताए । 


दाहालले भने, ‘अहिले बीचैमा यो कुरा ल्याएर देशलाई समृद्धि एवं विकासमा लैजानेतर्फ अलमल पार्न नहुने र निर्वाचन आउनुभन्दा केही समयअघि यो विषय आउने छ ।’ 


प्रदेश र स्थानीय तहलाई सम्पूर्ण रूपमा जिम्मा दिनका लागि पूर्वाधार तयार भइनसकेको अवस्थामा बजेट तय गर्दा त्यहाँ केही कमी रहे पनि आगामी वर्षमा क्रमशः बजेट बढ्दै जाने उनले बताए ।

 

अध्यक्ष दाहालले पार्टी एकीकरणसँगै राजनीतिक स्थिरता कायम भएकाले समृद्धि र विकास अबको चुनौती भएको उल्लेख गरे । 


दाहालले प्रदेश सरकारलाई सबल बनाउनका लागि हाल विद्यमान मर्यादाक्रम त्यति व्यावहारिक नदेखिएको बताउँदै नयाँ मर्यादाक्रमका सम्बन्धमा लगभग सहमति भइसकेको र त्यो चाँडै नै आउनेछ भन्ने जानकारी दिए । 


 

नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड

विशेष