News अर्थ शेयर

हकप्रद र बोनस शेयर वृद्धिकाे विराेधमा लगानीकर्ताद्वारा कारोबार ठप्प

हकप्रद र बोनस शेयर वृद्धिकाे विराेधमा लगानीकर्ताद्वारा कारोबार ठप्प

काठमाडौं । शेयर लगानीकर्ताहरुको आन्दोलनको प्रभावले मंगलबारको शेयर कारोबारमा देखिएको छ । हकप्रद र बोनस शेयरमा वृद्धि भएको लाभकरको विरोध जनाउँदै शेयर बजारका लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका हुन् ।

 

जसकारणा नेप्सेमा मंगलबार कारोबार हुन सकेकाे छैन् । लगानीकर्ता आफैँले कारोबार ठप्प पारेको यो पहिलो घटना हो । 


आन्तरिक राजस्व विभागले हकप्रद र बोनस शेयरमा अग्रिम कर असुली गर्न दिएको निर्देशनका विरुद्ध आन्दोलनमा उत्रिएका शेयर बजारका लगानीकर्ताले मंगलबार शेयर कारोबारमा ब्ल्याक आउट गर्दै कारोबार ठप्प पारेका हुन् ।


विभागको निर्णय फिर्ता गराउन आन्तरिक राजस्व  विभागको पत्रपछि हकप्रद र बोनस शेयरमा लाभकर वृद्धि भएको विरोधमा नेपाल पूँजी बजार लगानीकर्ता संघ, इन्भेष्टर फोरम र लगानीकर्ता संघले संयुक्त रुपमा नेप्से घेराउ गरेका थिए  ।

 


लगानकिर्ताको दबाबका कारण ब्रोकर कम्पनीले मंगलबार कारोबार गराउन नसकेको पाइएको छ । शेयर बजारसँग सम्बन्धित तीनवटा संगठनले शेयर ब्रोकरलाई कारोबार रोक्न चेतावनी दिएका थिए । 


उनीहरूको चेतावनीका कारण सबै ब्रोकर कम्पनीको कार्यालयमा प्रहरी तैनाथ गरिएको थियो । सोमबार आन्दोलन भए पनि ४३ करोडभन्दा बढीको कारोबार भएको थियो । मंगलबार भने कुनै किसिमको कारोबार हुन नसक्दा नेप्सेमा  गीरावट आएको राष्ट्र बैंकले जनाएको छ । 
 

विशेष